इलाम ,२७ साउन :इलामको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले हरित नगर महिला समूहले इलाम बजारमा मिनी मेला आयोजना गर्ने भएको छ । नजिकैदै गरेको तीज लगायतका चाडपर्वलाई लक्षित गरी आयोजना गरिने यो मेलामा स्थानीय रैथाने उत्पादन,परिकार , सास्कृतिक कार्यक्रमहरु सन्चालन हुने जनाईएको छ । मेला आगामी साउन २८ देखि भदौ १५ गतेसम्म आयोजना गरीएको हरित नगर महिला समुहकी उपाध्यक्ष सुनिता कर्मचार्यले बताउनु भएको छ ।
मेलाको सह–आयोजक होटल व्यवसायी संघ इलामले गर्नेछ । मेला व्यवस्थापन झापाको कन्काई फनवोर्डले गर्ने जनाइएको छ। चाड्बाड लक्छित गरएर मिनि मेला आयोजना गरिएको होटल ब्यवसायी सङका अध्यक्ष देवी पौडेलले बताउनु भएको छ ।
आयोजकले तीज बिशेष कार्यक्रमको समेत आयोजना गर्ने भएको छ । सुस्ताउदै गएको इलामको पर्यटनलाई चलायमान बनाउन मिनी मेला आयोजना गरिएको र यसले आर्थिक क्षेत्रमा टेवा पुर्याउने हरित नगर महिला समूहकी सुशिला पोख्रेलको भनाइ छ ।
मेलामा महिला उद्यमीले उत्पादन गरेका विभिन्न सामाग्रीहरु समेत प्रदर्शनमा राखिने भएको छ । स्थानीय रैथाने खानाका परिकार सहितका १० बढी स्टलहरु राखिने आयोजकले जनाएको छ । मेला अवधिभर १० हजार बढि पर्यटकले अवलोकन गर्ने र इलाम सदरमुकाम लगायत आसपासका स्थानमा चहलपहल बढ्ने आयोजकको अपेक्षा छ ।
प्रतिक्रिया