logo
  • २०८२ चैत्र ३, मंगलवार | Tue, 17 Mar 2026
  • हामी दशैंको माहोलमा छौं,स्वादिष्ट मासु पकाउने तरिका जान्नुहोस्..

    • निगरानी
    • २०७६ आश्विन १६, बिहीबार ११:१४ गते
    हामी दशैंको माहोलमा छौं,स्वादिष्ट मासु पकाउने तरिका जान्नुहोस्..

    हामी दशैंको माहोलमा छौं । तपाईको घरमा घटस्थपनाको दिन राखेको जमरा टुसा आइसकेको होला । अब अष्टमीको दिन आउँन केही दिनमात्रै बाँकी छ । अष्टमीको दिन नेपालीहरुको घरघरमा खसि, बोका काटिन्छ ।

    घरमा नै खसिबोका नकाट्नेहरुको घरमा पनि दशैमा मासु हुन्छ । मासुलाई दशैंको विशेष परिकारको रुपमा लिइन्छ । दशैको मासुलाई विशेष परिकार बनाउन पकाउन र स्वादिष्ट बनाउन पनि जान्नु पर्छ आज हामी तपाईलाई मासुलाई स्वादिष्ट बनाउने तरिका सिकाउँदैछौ ।

    सम्भव भएसम्म घरमै पेलेको तोरीको तेल प्रयोग गनुर्स

    –कराईमा तेल राखेर तताउने,

    –तेल तालेपछि ल्वाङ, सुकुमेल, दालचिनी, तेजपत्तालाई फुराउनुस् ।

    –त्यसपछि प्याज हालेर रातो हुनेगरी भुट्नुस्,

    – प्याज रातो भएपछि खसिको मासु राख्नुस्,

    –खसिको मासुलाई दुई मिनेटसम्म चलाउँदै भुट्नुस्,

    –दुईमिनेटपछि बेसार, नुन राखेर चलाउनुस्,

    –नुन र बेसार राखेको मासुलाई २० मिनेटसम्म सानो आगोको तापमा पकाउनुस्,

    –समय–समयमा मासुलाई चलाउनुस्,

    –मासुलाई अति ठूलो आगोको तापमा थप १५ मिनेट पकाउने,

    –३५ मिनेट पछि मसलाहाल्ने र राम्रोसँग चलाउने ( मसला सकेसम्म घरमै पिधेँको प्रयोग गर्ने,

    –मसला राखेको ३ मिनेटपछि काटेको टमाटर राख्ने,

    –टमाटर पाकीसकेपछि मनतातो पानी मासुमा राख्ने,

    –मासुमा मनतातो पानी हालेपछि ५ मिनेट पकाउने,

    – अन्तमा काटेको हरियो धनिया राख्ने । त्यसपछि झोल मासु तयार हुन्छ । तपाईले मिठो स्वादमा खान पाउनुहुन्छ ।



    निगरानी    
  • २०७६ आश्विन १६, बिहीबार ११:१४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP