इलाम , जेठ २४ : नेपालटार मंगलबारे सडक सरसफाइ गरिएको छ ।इलाम नगरपालिका वडा न.१ साखेजुङकाे आयाेजनामा शनिबार श्रमदान बाट सडकको नाली, पेटी र ड्रेन सरसफाइ गरिएको वडा अध्यक्ष गायत्रीराम बस्नेतले बताउनु भयो ।

नेपालटार मंगलबारे सडककाे नेपालटार बजारबाट झुत्रेखाेला सम्मकाे भाग सफाइ गरिएको वडाअध्यक्ष बस्नेतले बताउनु भयो । सरसफाइ कार्यमा जनप्रतिनिधि , स्थानीयबासी लगायत १८० जनाकाे सहभागिता रहेको जनाईएको छ । करिब १ लाख बराबरकाे श्रमदानबाट साे सडक खण्डकाे करीब ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।श्रमदान गर्न युनाइटेड टेनिङ सेन्टरका सञ्चालक गणेश राई लगायतका २५ जना सहभागी थिए ।
नेपालटार मंगलबारे सडकको अवस्था बिग्रदै गएको र बर्षादको समयमा अझै समस्या हुने भएकोले सरसफाइ गरिएको वडा अध्यक्ष बस्नेतले बताउनु भयो ।आगामी दिनहरूमा जनसहभागीतामा सरसफाई गरिने वडाको तयारी छ ।

.
प्रतिक्रिया