पाँचथर , १ असार : मेची राजमार्गस्थित पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय प्रकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ।
प्रहरीका अनुसार बेलिब्रिज खस्दा घाइते तीनै जनालाई पाँचथरबाट रेफर गरेर बिराटनगर नोवल अस्पताल पठाइएको थियो । शनिबार साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेको थियो ।
मेची राजमार्ग अन्तरगत पाँचथर खण्डमा रहेको हेंवा खोलाको पक्की पुल २०८० असार २ गतेको बाढीले बगाएपछि यहाँ बेलिब्रिज बनाइएको थियो । त्यो बेलिब्रिज २०८१ गत असोज १२ गते आएको बाढीले बगाए पछि दोस्रो पटक पुनः बेलिब्रिज लगाउन काम भइरहेको थियोे ।
पुल बगेपछि अहिले हृयुम पाइपमार्फत डाइभर्सन गरेर यातायात आवागमन सुचारू गर्न लागिएको भए पनि ठुलो वर्षा भए जोखिम बढने देखिन्छ ।
प्रतिक्रिया