logo
  • २०८२ आश्विन २३ | Thu, 09 Oct 2025
  • प्रज्ञा सदनका विद्यार्थीले प्रदर्शन गरे रोपाइँजात्रा

    प्रज्ञा सदनका विद्यार्थीले  प्रदर्शन गरे रोपाइँजात्रा

    इलाम २६ साउन : प्रज्ञा सदन विद्यालयका विद्यार्थीले सोमबार रोपाइँजात्रा प्रदर्शन गरेका छ्न । जात्रामा धान रोप्दा गरिने कृयाकलाप अभिनय गरिएको छ । विभिन्न जातीय पहिरनमा सजिएका विद्यार्थीले संस्कृति र कला झल्काउने खालको अभिनय गरे । अघिअघि गोरुहली र बाउसे अनि पछिपछि रोपहारले धान रोपेझैं रोपाइँको झल्को दिएको थियोे ।


      इलामको मौलिक कला संस्कृति र जात्राको संरक्षण र विकासमा टेवा पुर्याउने उदेश्य सहित  रोपाइँजात्रा प्रदर्सन गरिएको विद्यालयका भाइस पृन्सिपल लक्ष्मीप्रसाद सुब्बाले बताउनु भयो ।


    धोविधारा चोक बाट सुरु गरी  खरेल डाँडा हुँदै लोक सेवा कार्यालय तर्फको सडक बाट  इलाम नगरपालिका ६ पिपलबोटे  स्थित  विद्यालय परिसरमा पुगेर समापन गरिएको छ ।
    जात्रालाई स्थानीय पर्वको रूप लिँदै आएकाले इलाम सदरमुकामका साथै जिल्लाका विभिन्न स्थानहरुमा रोपाइँजात्रा प्रदर्शन गरिन्छ ।


    जात्राहरु जनैपुर्णिमाको दिन देखि  सुरु गरि  कृष्णाजन्माष्टमीको दिन समापन गरिन्छ ।  प्रज्ञासदन विद्यालयले गत बर्ष देखि रोपाई जात्रा प्रदर्सन गर्न थालेको हो ।  विद्यालयले किताबी ज्ञान सगै मौलिक सन्कृतीमा विद्यार्थीलाई सामेल गराएर परम्परागत मौलिक सस्कृती जगेर्ना गर्न प्रेरित साथै पुस्ताहस्तानर्ण गर्न सघाएको छ । यस बाट अन्य विधालयले पनि पाठ सिक्न जरुरी देखिन्छ ।



    निगरानी    
  • २०८२ श्रावण २८, मंगलवार ००:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP