इलाम ७ असार : स्थानीय बासीको श्रमदानमा बाटाे तथा नाली सरसफाइ गरिएको छ । इलाम नगरपालिका ८ स्थित धोबीधारा खुशी टोल विकास संस्था क्षेत्र भित्र पर्ने करदाता सेवा कार्यालय देखि उमेश न्याैपानेकाे घर सम्मकाे बाटाे तथा नाली शनिबार सरसफाई गरिएको छ ।
धाेबिधारा एकता समाजकाे आयोजनामा समाजमा आबद्ध तथा स्थानीय बासीको श्रमदानमा बर्षादको पानी बाट क्षति हुन नदिन साथै बाटो क्षेत्र भित्रका झाडी सफाइ गरिएको समाजका अध्यक्ष मोहन विष्टले बताउनु भएको छ । हरेक बर्ष गर्दै आएको सरसफाइलाई यस वर्ष पनि निरन्तरता दिएको उहाँको भनाइ छ । आफ्नो टोलमा पर्ने बाटो नाली सफाइ गर्दा स्थानीयलाई नै सहज हुने भएकोले समाजका सदस्य तथा स्थानीयको सक्रिय सहभागितामा सरसफाइ गरिएको समाजका अध्यक्ष विष्टले बताउनु भयो ।
समाजका सदस्यहरूकाे उल्लेखिय सहभागिता रहेको थियो भने श्रम गर्न उपस्थित हुन नसकेका सदस्य बाट खाजा खर्च गरेको समाजका सचिव गणेश सुवेदीले बताउनु भयो । समाजका सदस्यहरुको सुखदुःखमा सहयोग गर्नु बाहेक सामाजिक कार्यमा एकजुट भएर लाग्न सन्देश दिने सुवेदीले बताउनु भएको छ ।
यसैबीच खुशी टोल विकास संस्था क्षेत्र भित्र पर्ने देविस्थान देखि छ्याङछ्याङे सम्म बाटाे साथै नाली सरसफाइ गरिएको छ । स्थानीय बासी भेला भइ नाली तथा बाटो सरसफाइ गरिएको खुशी टोल विकास संस्था अध्यक्ष मुनु खवासले बताउनु भयो ।
साना साना कार्यमा सरकारको बाटो नहेरी टोलबासीले जुटेर कार्य गर्न सकिने उहाँले बताउनु भयो । यसलेले अन्य टोल विकास संस्थालाई जुटन सन्देश दिने खवासले बताउनु भयो । आगामी दिनमा टोललाई सफा राख्न र बाटो तथा नाली जस्ता सार्वजनिक स्थानमा सरसफाइ कार्य लाई निरन्तरता दिने खवासले बताउनु भयो ।
प्रतिक्रिया