इलाम ४ पुस :
अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२५ को अवसरमा इलामममा विविध कार्यक्रम गरी मनाईएको छ । आप्रवासी कामदार रोजगारीको क्रममा मृत्यु तथा अङ्गभङ्ग भएका र क्षतिपूर्ति प्राप्त नगरेका परिवारका बालबालिकाहरूलाई इलाममा शुक्रबार एक कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको छ । नगर कार्यसमितिका अध्यक्ष प्रकाश रायको अध्यक्षता र इलाम नगरपालिकाकक प्रमुख केदार थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सुरक्षित आप्रवासनको सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना सम्पन्न गरिएको छ। दिवसको सन्दर्भमा बिहीबार साँझ इलाम चोक बजारमा दीप प्रज्लन गरी मनाइएको थियो ।

आप्रवासी कामदार तथा श्रमिकहरूको महत्व र योगदान सँगसँगै समस्या र चुनौतीहरूको विषयमा विश्वव्यापी उजागर गराउने र साझा छलफल र चासोको रुपमा विश्व समुदायमा स्थापित गराउने मूलभूत उद्देश्य राखेर
संयुक्त राष्ट्र महासङ्घ को महासभाले सन् २००० डिसेम्बर १८ लाई मान्यता प्रदान गरे पश्चात सोहि समयदेखि निरन्तर रुपमा विश्वव्यापी रूपमा मनाउँदै आएको छ।

नेपालमा पनि सोही दिवसलाई देशैभरि “श्रम आप्रवासन चक्रमा सुशासन, सुरक्षित मर्यादित र सीपयुक्त आप्रवासन” भन्ने नारालाई आत्मसात गरी यस वर्ष मनाइएको छ जसनुरूप इलाममा पनि सुरक्षित आप्रवासन सामी कार्यक्रम इलाम नगरपालिका इलाम को सहयोगमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र नगर कार्यसमिति इलाम र जिल्ला कार्यसमिति इलामको संयुक्त आयोजनामा कार्यक्रम गरी दिवस मनाइएको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र जिल्ला कार्यसमिति इलामअध्यक्ष नविन सुन्दर शेर्माले बताउनु भएको छ ।
प्रतिक्रिया