logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • नेपाल निजामती कर्मचारी युनियन इलामको अध्यक्षमा लिला बिष्ट

    नेपाल निजामती कर्मचारी युनियन इलामको अध्यक्षमा लिला बिष्ट


    इलाम , माघ २६ : नेपाल निजामती कर्मचारी युनियन इलामको अध्यक्षमा लिला बिष्ट निर्वाचित हुनु भएको छ । शनिबार इलाम सदरमुकाममा सम्पन्न नवौं अधिवेशनले १८ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।  उपाध्यक्षमा मदन ढुंगाना , महिला उपाध्यक्ष निर्मला खतिवडा , समावेशी उपाध्यक्ष बबुल भक्तराज , सचिव दुर्गा प्रसाद दुलाल , सहसचिव कृष्णराज न्यौपाने र  कोषाध्यक्षमा उपेन्द्रराज खनाल निर्वाचित भएका छन । सदस्यहरुमा अर्जुन जङ्ग सिजापति , कृष्णदेव यादव , प्रदिप धिताल , टीका लुइँटेल , तेजबहादुर सोडारी , रमेश आचार्य , तिलकुमार घिमिरे , कल्पना खनाल ,पदमा कुमारी बास्कोटा , सुवास लोक्ताम र पशुपति चौधरी चयन भएको निर्वाचन समितिले जनाएको छ ।
    केन्द्रिय महाधिवेशन प्रतिनिधिमा लेखनाथ भट्टराई , गोपाल चन्द्र काफ्ले , अम्बिका खनाल , रीता अधिकारी , सुजनहाङ्ग नेम्वाङ निर्वाचित भएका छन भने प्रदेश महाधिवेशन प्रतिनिधि मा राजु खड्का , कमलनिधी चापागाईं, मनिषा कार्की , मदन कुमार गुरुङ र दिपेन्द्र प्रसाद कट्टेल निर्वाचित हुनु भएको छ।


    अधिवेशनको उद्घाटन युनियन इलामका अध्यक्ष अम्बिका खनालको अध्यक्षता र इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।  कार्यक्रममा इलाम नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी दहाल , इलाम नगर प्रबक्ता तथा इनपा ४ का म वडा अध्यक्ष नुतनदेव दुलाल ,  युनियनका कोशी  प्रदेश सल्लाहकार जय नारायण तिम्सिना ,  युनियन इलामका पुर्व अध्यक्षहरु , ईश्वर सुवेदी , लक्षमण पाण्डे , यादव अधिकारी , नेपाल प्रेस युनियन इलाम अध्यक्ष सविता पाण्डे लगायतले शुभकामना मनत्वय राखेका थिए । कर्मचारी हक हितका लागि संगठित हुन आवश्यक रहेकोमा जोड दिएका थिए ।

    कार्यक्रममा सेवा निवृत ३ जना कर्मचारीलाई सम्मान गरिएको थियोे भने ३ जनालाई युनियनमा स्वागत गरिएको छ । 

    कार्यक्रममा रिता अधिकारीले स्वागत मन्तव्य र मदन ढुंगानाले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।



    निगरानी    
  • २०८१ माघ २६, शनिबार १८:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP