इलाम जेठ ५ ।
इलाममा संक्रमितको संख्या बढ्दै गएपछि र कोरोना संक्रमणका कारण दर्जन बढी इलाममेलीको मृत्यु भएपछि एकले अर्कोलाई सहयोग गर्न अभियान सुरु भएको छ । कोरोना कहरले विश्व आका्रन्त बनाईरहेका बेला इलामबासीको पीडामा मलम पट्टी लगाउन लागि अभियान सुरु गरेको अभियान्ता मध्येका एक युवा निरोज खड्गीले बताउनु भयो । व्यक्तिगत सम्पर्क र सामाजिक संजालको माध्यम बाट थालिएको अभियानमा देश विदेशमा बस्ने इलामेली र नेपालीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको खड्गीले बताउनु भयो । सहयोग अभियानलाई पारदर्शी बनाउन र परिचालन गर्न बुधबार इलाममा कोभिड व्यवस्थापन राहत कोष खडा गरिएको नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका उप कोषाध्यक्ष विजय शेखर भट्टराईले बताउनु भयो । कोरोना महामारीका क्रममा देश विदेशमा रहेका दाताहरुले पठाएको स्वास्थ्य सामग्री र रकम संकलन गरी आवश्यक्ता अनुरुप राहत प्रदान गर्ने उदेश्यले कोष स्थापना गरिएको जनाईएको छ ।
इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले सहयोगको एकत्रीत व्यवस्थापन र पारदर्शि वितरणका लागि कोष स्थापना गरिएको बताउनु भयो । इलाम उद्योग बाणीज्य संघ र नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका पदाधिकारी समेतको संयुक्त बैठकले इलाम उद्योग बाणीज्य संघको अगुवाईमा बैंक खाता संचालन गरि सहयोग संकलन गर्ने निर्णय गरिएको चिपालुले बताउनु भयो । कोभिड व्यवस्थापन राहत कोषको संचालन समितिमा इलाम उद्योग बाणीज्य संघ, नेपाल रेडक्रस सोसाइटी इलाम शाखा, नेपाल पत्रकार महासंघ इलाम शाखा , रतन कुमार चौधरी, र निरोज खड्गी रहेका छन् ।
कोषमा सहयोग गर्न चाहने इच्छुक व्यक्ति र संस्थाहरुले कोषको बैक खाता इलाम उद्योग बाणीज्य संघको नाममा रहेको नेपाल एस बी आई बैक लिमिट्ड इलाम शाखामा रहेको खाता नम्बर २११२५२४०२००१८३ npr/caa मा सहयोग गर्न आह्वान गरिएको छ ।
कोषमा हाल पहिलो दिनमा नै विभिन्न सहयोगी हरुले करिव दश लाख बराबरको सहयोग जम्मा गर्ने जानकारी गराएका छन । नेपाली काँग्रेस जिल्ला कार्य समिति इलामले कोषमा एक लाख ९४ हजार रुपैया जम्मा गर्ने भएको छ । गजाधर धनमाया सन्ततीले ८६ हजार दुइ सय, रतन कुमार चौधरी मार्फत इलामका सहयोगी हातहरुले ८६ हजार जम्मा गर्ने भएका छन् । अमेरिकामा रहेका इश्वर अधिकारीबाट ५० हजार र कोरियाबाट ३१ हजार संकलन भएको छ । यस्तै अमेरिका, युरोप र कोरिया लगायतका मुलुकमा रहेका इलामेलीहरुबाट समेत विभिन्न स्वास्थ्य सामग्री र रकम जम्मा हुने क्रममा रहेको जनाईएको छ ।
प्रतिक्रिया