इलाम :इलाम नगपालिकाको १६ औ नगरसभाले छ वटा विशेष पताव पारित गरेको छ । शनिबार सम्पन्न भएको हिँउदे अधिवेशनमा ३ वटा ऐन संसोधन सहित छ वटा विशेष प्रस्ताव पारित गरेको हो । नगसभाले इलाम नगरपालिका ९ मा पर्ने मेची राजमार्ग अन्तर्गको सडक सुधार साथै वैकल्पिक मार्ग व्यवथापन गर्न विशेष प्रस्ताव पारित गर्दै संघीय सरकारलाई माग गर्ने भएको जनाइएको छ । इलाम बजारमा संचालनमा रहेको साना शहरी खानेपानी मर्मत, इलाम नगरपालिका १ मा निमार्णाधिन कृषि अनुसन्धान केन्द्र, केचना–कञ्चनजंगा मार्ग (फास्ट ट्रयाक) , सहायक वैकल्पिक मार्ग सिमलगोलाई माईवेनी जोगमाई र तिलकेनीको मर्मत , जोगमाई र पुवाखोलाम वेलीवृज लगायत प्राथमिकतामा राखी विशेष प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले न्यायकि समितिले उजुरीको कारबाही किनारा तथा फैसला कार्यन्वयन कार्यविधी सम्बन्धी ऐन२०८१ को विध्येक पारित गरेको छ । विकास निमार्ण मापदण्ड २०६४ को छैटौ संसोधन प्रस्ताव र आर्थिक ऐन २०८१ को पहिलो संशोधन प्रस्ताव नगरसभाले पारित गरेको छ ।
नगरसभाले पारित गरेका विशेष प्रस्तावहरु :
१। पुवाखोलामा बेलिब्रिज निर्माणका लागि रु तिन करोड पचासीलाख पैंसट्ठी हजार छ सय बाह्र
२। माइखोला क्षेत्रमा आकस्मिक पुनस् निर्माणका लागि रु। पाँच करोड बाह्र लाख बाइस हजार एकानब्बे
३। जोगमाइ खोलामा बेलिब्रिज निर्माणका लागि रु दुइ करोड सतहत्तर लाख चौरासी हजार आठ सय छयासी
४। बैकल्पिक सहायक मार्ग सिमलगोलाइ ( जोगमाइ ( माइवेनी ( तिल्केनी सडक स्तरोन्नतीका लागि रु। छ करोड चौतिस हजार सात सय बयालीस
२० मिति २०८१ आश्विन महिनाको अविरल भिषण वर्षादले गर्दा इलाम बजार क्षेत्रमा वितरण हुने खानेपानीको गिताङ्ग खानेपानी मुहान र राते, मेवा खानेपानी मुहानलाई पूर्ण रुपमा क्षति गरी इन्टेक, ट्याङ्की र भौतिक संरचना लगायत ठाउँठाउँका पाइप लाइनहरु समेत भलबाढीमा बगाई निकै धेरै क्षति पु¥याई इलाम बजार क्षेत्रमा वितरण हुने खानेपानी अवरुद्ध भएको अवस्था रहेकोमा विपद व्यवस्थापनको बजेट प्रयोग गरेर भए पनि सो खानेपानी योजना यथाशीघ्र पुन निर्माणका लागि गिताङ्ग खानेपानी मुहानको लागि रु। ६१,६५,५३७।१० र रातेरमेवा मुहानको लागि रु। ३,५६,४३,२९१।०० को लगत इस्टमेट र विपद व्यवस्थापन समितिको निर्णयसहित नेपाल सरकार र कोशी प्रदेश सरकारमा अनुरोध गरिएकोमा हालसम्म सो बजेट निकासा हुन नसकेको हुनाले अत्यावश्यक सेवाअन्तर्गत पर्ने खानेपानी सञ्चालन अवरुद्ध हुने हुँदा सोको समयमै व्यवस्थापनका लागि यथाशीघ्र बजेट निकासा हुन नेपाल सरकार र कोशी प्रदेश सरकारमा अनुरोध गर्ने ।
३० इलाम नगरपालिका वडा नं। ७ स्थित कोशी प्रदेश सरकारको कार्यक्रमअन्तर्गत निर्मित मुख्यमन्त्री बहुतले पार्किङ्ग भवनको उत्तरतर्फरहेको चियाबारी जाने बाटो विगतको वर्षादको समयमा पहिरोको कारण भत्किएको ले सो बाटो मर्मतसुधारका लागि बजेट व्यवस्थापन गरी सहयोग गरि दिन कोशी प्रदेश सरकार समक्ष अनुरोध गरिएकोमा हालसम्म बजेट निकासा नभएकोले बजेट निकासाका लागि पुनः अनुरोध गर्ने ।
४० झापाको केचनादेखि ताप्लेजुंगको कञ्चनजंघासम्मको मेची करिडोरको विकासका लागि नेपाल सरकारले सार्वजनिक सडक ऐन ३०३१ को दफा ३ बमोजिम मेची राजमार्गको वैकल्पिक राजमार्गको रुपमा केचना कञ्चनजंघा सडक निर्माणको कार्य अगाडि बढाएको सन्दर्भमा यस वैकल्पिक सडकलाई राजमार्गको वर्गीकरणमा राखी यस क्षेत्रको भूगोल समेतलाई मध्यनजर गरेर सडक सीमा तोकी यस वैकल्पिक राजमार्गको निर्माण कार्यलाई द्रुतत्तर गतिले अगाडि बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने ।
५० इलाम नगरपालिका वडा नं १ मा निर्माणाधीन अवस्थामा रहेको कृषि अनुसन्धान केन्द्रका लागि आवश्यक पूर्वाधार संरचना, बजेट र कार्यक्रमको व्यवस्थापन गरी सो अनुसन्धान केन्द्रमा अलैंची र चियाको अनुसन्धान कार्य यथाशीघ्र थालनी गरि दिन नेपाल सरकार र कोशी प्रदेश सरकारमा अनुरोध गर्ने ।
६० इलाम नगर, प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण पर्यटकीय नगर भएको र पर्यटन यहाँको समृद्धिको मुख्य आधार भएकोले कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई भव्य रुपमा सफल पार्नका लागि इलाम नगरपालिकासँग सिमाना जोडिएको सन्दकपुर गाउँपालिकास्थित विश्व सिमसार सम्पदा सूचीमा सूचिकृत माइपोखरी, इलाम पाटेनागीस्थित रेडपान्डा संरक्षण क्षेत्र, इलाम गोदकस्थित लाप्चागाउँ, इलाम सदरमुकामको सेतीदेवी क्षेत्र, नेपालको सबैभन्दा पुरानो ऐतिहासिक चिया बगान, इलाम सोयाकस्थित बालकन्या क्षेत्र लगायत इलामका अन्य महत्वपूर्ण पर्यकीय क्षेत्रलाई कोशी प्रदेशको पर्यटन गन्तव्यको रुपमा सूचीकृत गरी विकास र प्रवर्धन गरी सहयोग गर्न कोशी प्रदेश सरकारमा अनुरोध गर्ने ।
क) मेची ाजमार्गअन्तर्गत इलाम नगपालिका वडा नं. ९ ाजदुवाली खण्डको पहिोको काणले सो ाजमार्ग कुनैपनि बखत अवद्ध हुनसक्ने सम्भावना हेको हुँदाहुँदै गत २०१ आश्विन महिनाको भीषण वर्षादले ाजमार्गलाई अझ धाप अवथामा लगेको हुनाले उक्त ाजदुवाली खण्डको मर्मतसुधा वैकल्पिक व्यवथापनका लागि डिभिजन सडक कार्यालयले निम्नानुसाको कार्य गििदन नेपाल सका, भौतिक पर्वाधा तथा यातायात मन्त्रालयमा अनुोध गेकामा नगपालिकाबाट समेत सोका लागि सिफासिसहित अनुोध गएिकोमा उक्त कार्यालयको मागअनुसा बजेट विनियोजन गी झापादेखि इलामसम्मको सुक्षित यातायात आवागमनलाई सुनिश्चित गर्नका लागि नेपाल सकामा पुनः अनुरोध गर्ने ।
इलाम नगरपालिकाको १६ औ नगरसभा अधिवेशनकै अवसरमा कृषि , पत्रकारीता , शिक्षण खेलकुद लगायत विविध क्षेत्रमा योगदान पुर्याउने ४४ जनालाई सम्मान तथा पुरस्कृृत समेत गरको नगर प्रवक्ता नुतनदेव दुलालले बताउनु भयो ।
प्रतिक्रिया