logo
  • २०८२ चैत्र १९, बिहीबार | Thu, 02 Apr 2026
  • सिमा निरीक्षण टोलीले काम थाल्यो

    सिमा निरीक्षण टोलीले काम थाल्यो

    काठमाडौं : कूटनीतिक तथा नापीसम्बन्धी प्राविधिक टोली नेपाल–भारत सीमा निरीक्षणमा निस्किएको छ। भारतीय नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी राखेपछि नेपाल सरकारले स्थलगत अध्ययनका लागि सीमा निरीक्षण समिति गठन गरेको थियो। भारत र चीन दुवैतर्फको सीमा निरीक्षणका लागि समिति गठन भए पनि प्रतिकूल मौसमका कारण भारततर्फका सीमा निरीक्षण तथा अवलोकनका लागि टोली प्रस्थान गरेको छ।

    निरीक्षण समितिको नेतृत्व परराष्ट्रका भारतसमेत हेर्ने दक्षिण एसिया महाशाखाका प्रमुख यज्ञबहादुर हमालले गरेका छन्। टोलीमा नापी विभागका महानिरीक्षक प्रकाश जोशी पनि छन्। नेपाल–भारतको सीमातर्फ कालापानी र सुस्ताबाहेकको सीमा क्षेत्रमा सीमांकन भइरहेको छ।



    निगरानी    
  • २०७६ पुष १८, शुक्रबार १०:५७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP