रोजगार मेलामा युवा युवतीको आकर्षण

रोजगार मेलामा युवा युवतीको आकर्षण

सुरेश भट्टराई
सूर्योदय । इलामको सूर्योदयमा विहीबार रोजगार मेला सम्पन्न गरेको छ।
सूर्योदय नगरपालिका, सूर्योदय नगर उद्योग वाणिज्य संघ र हेल्भेटास नेपाल / इन्स्योरको सहकार्यमा सम्पन्न मेलामा दिनभरी युवा युवतीको उल्लेख्य उपस्थिति रहेको थियोे । मेलामा हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ ।

सम्मान जनक रोजगारको निम्ति रोजगारदाता र आबेदकहरूबीच पुलको काम गर्नको निम्ति नगरले यो थालनी गरेको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राइले बताए । उनले भने “मेला निकै प्रभापकारी पनि भयो।”
मेलामा रोजगार प्रदायक, तालिम प्रदायकहरूको २० वटा स्टल राखिएको थियो ।
नगरपालिकाले युवा वेरोजगारहरूलाई पहिचान गरेर योजना बनाउन पनि मेलाले सहयोग गरेको सूर्योदय नगरपालिकाका उपमेयर दुर्गा कुमार बरालले बताए ।

नगरले दश महिने कुक र फेव्रिकेटरको निशुल्क तालिम पनि संचालन गर्दै छ। तालिमसंगै व्यावहारिक ज्ञान उपलव्ध गराएको बताइएको छ ।

इन्योरले प्रदेशको १३ वटा पालिकाहरूमा संचालन छन्। त्यहि परियोजना अन्तर्गत यो मेला संचालन गरिएको हो।

वृत्ति परामर्श कार्यक्रम पनि सूर्योदय नगरपालिकाको माध्यमिक विद्यालयहरूमा प्रारम्भ भैसकेको छ। नानीहरूले आफ्नो भविष्यको निम्ति रोजगार त्यहि अनुसारको विषय छनौंट गर्न सक्ने गरी परामर्श दिइने गरिएको छ ।
सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई , वाड न ८ का वडा अध्यक्ष जंगबहादुर राई लगायतले मन्तव्यराखेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा सूर्योदय नगरपालिकाको प्राथमिकता रोजगारिको हकको सुनिश्चतता विषयक बहस सञ्चालन गरिएको थियो । बहसमा मेयर रण बहादुर राई, सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई र सूर्योदय टि एशाेशिएसनका सचिव गोपाल कट्टेलले बहसमा भाग लिएका थिए । बहसको सञ्चालन पत्रकार उमाकान्त खनालले गरेका थिए।