काठमाडौ , असोज २३ : सरकारले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इलामले विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
गत असोज १८ र १८ गतेको बाढीपहिरोबाट इलाममा सबैभन्दा बढी मानवीय क्षति भएको थियो । बाढीपहिरोमा परि मात्रै ३९ जनाको मृत्यु भएको थियो । बाढीपहिराेबाट मानवीय साथै ठूलाे भाैतिक क्षति समेत भएकाे थियाे ।
प्रतिक्रिया