रुकुम हत्याकाण्डको बिरोधमा इलाममा प्रदर्शन र धर्ना

रुकुम हत्याकाण्डको बिरोधमा इलाममा प्रदर्शन र धर्ना

रुकुम पश्चिम चौरजहारी घटनामा संलग्नमाथि कारबाही माग गर्दै इलाम बजारमा शुक्रबार प्रदर्शन भएको छ । जिल्लामा रहेका अधिकारसंग सम्बन्धित बिभिन्न संघ संगठनको नेतृत्वमा बनेको पश्चिम रुकुम हत्याकाण्ड संयुक्त संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा बिभिन्न संघ संघठनाका प्रमुख एवं प्रतिनिध, जिल्ला स्तरमा रहेका दलित अगुवा लगायतको उपस्थितीमा प्रर्दशन गरेको हो । प्रदर्शनमा उत्रिएका उनीहरूले पीडितलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने, घटनामा संलग्नहरुको संरक्षण गर्नेलाई कारबाही गर्नुपर्ने लगायत माग गरेका छन् । सदरमुकामको ठूलो टुडिखेलबाट निस्किएको रयाली सिधै जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्नामा परिणत भएको थियो । धर्ना कार्यक्रमपछि संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउँदै संघर्ष समितिको तर्फबाट नवराज शंकरले रुकुममा भएको घटनाविरुद्ध देशव्यापी आन्दोलन थालिएको बताउनुभयो । यति ठूलो घटना हुँदा पनि राज्य मौन बसेको भन्दै जघन्य अपराधमा मुछिएका व्यक्तिलाई कारवाही गरी, पिडितलाई उचित क्षतीपूर्ती दिनुपर्ने, घाईतेको उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ । केही दिनअघि मात्रै चौरजहारीमा केटी लिन भन्दै आएका जाजरकोटका नवराज विक र उनका साथीको शव भेरी नदीमा भेटिएको थियो । घटनामा १ जना अझै बेपत्ता छन् । १९ जनाको समूहमा आएका उनीहरुलाई केटी पक्ष र स्थानीयले हत्या गरेको आरोप लागेको छ । अनुसन्धानका लागि वडाध्यक्षसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।