logo
  • २०८२ आश्विन २९ | Wed, 15 Oct 2025
  • मन्त्री घिसिङ स्थलगत अवलोकनको लागि इलाममा

    मन्त्री घिसिङ स्थलगत अवलोकनको लागि इलाममा


     
    इलाम असोज २५

    भौतिक  पुर्वाधार तथा यातायात  मन्त्री कुलमान घिसिङ आज ( शनिबार ) इलाम आईपुग्नु भएको छ । बाढी–पहिरो प्रभावित क्षतिग्रस्त इलामको स्थलगत अवलोकनको लागि इलाम आईपुग्नु भएको हो । मन्त्री घिसिङले इलाम नगरपालिका १० स्थित राजदुवालीमा अवलोकन गर्दै हुनुहुन्छ । यस अघि   रोङ गाउँपालिका कार्यलयमा जनप्रतिनिधि संग भेटघाट गर्नु भएको छ ।
    बिपदको बस्तुगत जानकारी गराउदै पुन निर्माणको लागि सहयोगको माग गरेको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताउनु भएको छ । समसामयिक बिषयमा समेत छलफल गरिएको स्याङ्बोले बताउनु भयो ।
    मन्त्री घिसिङले सुर्योदय नगरपालिकाको कार्यलयमा जनप्रतिनिधि सङ भेटघाट गरि  जानकारी लिनु भएको छ । 
    मन्त्री घिसिङले इलाम १० राजदुवालीका बाढी पीडितलाई भेट्ने र राहत वितरण गर्ने भ्रमण तालिका  छ । त्यस लगतै  मेची राजमार्गको राजदुवाली र  मिल गोलाई सडक अवलोकन गर्ने जनाइएको छ । मन्त्री घिसिङ सर्वपक्षीय बैठकमा पनि सहभागी हुनुहुने भएको छ ।
    मन्त्री घिसिङकोबभ्रमण टोलीम  गृह सचिब रामेश्वर दंगाल , भौतिक सचिब केशब कु शर्मा ,प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग , बिपद प्राधिकरण कार्याकारी प्रमुख दिनेश प्रसाद  भट्ट , लगायत सुरक्षा निकायका प्रतिनिधि सहभागी छ्न ।
    गत असोज १८ गते परेको अविरल वर्षा पछि आएको बाढी र पहिरोका कारण इलाममा ३९ जनाको मृत्यु भएको छ  भने १ जना बेपत्ता भएका छन । २ सय ७६ परिवार विस्थापित भएका छ्न । 



    निगरानी    
  • २०८२ आश्विन २५, शनिबार ०६:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP