logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • बालिका बलात्कारको आरोपमा दुई पक्राउ

    बालिका बलात्कारको आरोपमा दुई पक्राउ

    इलाम  ः इलाममा जवरजस्ती करणी गरेको आरोपमा दुईजनालाई नियन्त्रणमा लिइएको छ । इलाम माई नगरपालिका एक बस्ने २० वर्षमा बिकास लिम्बु र सोही स्थान बस्ने १९ वर्षिय मौसम भन्ने राजन लिम्बुलाई पक्राउ गरिएको हो । 
    उनीहरूले १४ बर्षिय र १३ बर्षिय नावालिकाहरुलाई जवरजस्ती करणी गरेका कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तेजबहादुर दाहालले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय इलामको टोलीले दुवैजनालाई पक्राउ गरेको हो । 
    पक्राउ परेका दुबैलाई इलाम जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको छ । उनीहरुलाई पिडित पक्षको उजुरीका आधारमा पक्राउ गरिएको जनाइएको छ । नाबालिकालाई करणीको आरोप लागेका दुबैजनाले ललाईफकाई जवरजस्ती गरेको आरोप लागेको छ । 



    निगरानी संवाददाता    
  • २०७९ भाद्र २५, शनिबार ०९:१३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP