इलाम ः इलाममा जवरजस्ती करणी गरेको आरोपमा दुईजनालाई नियन्त्रणमा लिइएको छ । इलाम माई नगरपालिका एक बस्ने २० वर्षमा बिकास लिम्बु र सोही स्थान बस्ने १९ वर्षिय मौसम भन्ने राजन लिम्बुलाई पक्राउ गरिएको हो ।
उनीहरूले १४ बर्षिय र १३ बर्षिय नावालिकाहरुलाई जवरजस्ती करणी गरेका कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तेजबहादुर दाहालले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय इलामको टोलीले दुवैजनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैलाई इलाम जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको छ । उनीहरुलाई पिडित पक्षको उजुरीका आधारमा पक्राउ गरिएको जनाइएको छ । नाबालिकालाई करणीको आरोप लागेका दुबैजनाले ललाईफकाई जवरजस्ती गरेको आरोप लागेको छ ।