नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण , संक्रमितको संख्या ६९

Share This
  •  
  • 162
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    162
    Shares
नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण , संक्रमितको संख्या ६९

नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महानगरपालिका छपकैयाका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ९ जनामा संक्रमण देखिएको हो।

डा देवकोटाका अनुसार नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको उनले जानकारी दिनुभयो ।

यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ६९ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।