logo
  • २०८२ पुष ३०, बुधबार | Wed, 14 Jan 2026
  • सुनाखरी गोल्डकप : डिएनएफसी चमैता र सिलौटी एफसी बिजयी

    सुनाखरी गोल्डकप : डिएनएफसी चमैता र सिलौटी एफसी बिजयी


    राँके , ३० पौष । सातौं सुनाखरी गोल्ड कप–२०८२ को दोश्रो दिन डिएनएफसी चमैता र सिलौटी एफसी बिजयी भएका छन् । प्रतियोगिता अन्तर्गत चार मध्ये २ खेल मात्र संचालन भएका हुन् । २ खेल वाकओभर मार्फत निर्णय गरिएको थियो ।
    प्रतियोगिताको आजको पहिलो खेलमा त्रिवेणी एफसी माथि २–० को जित दर्ता गर्दै चमैताले अन्तिम ८ मा स्थान सुरक्षित गरेको .हो । चमैताको जितमा कप्तान मुकेश मगर र मंगेश बान्तवाले गोल गरे । खेलको सुरुवाती समयमा नै मगरले गोल गर्दै अग्रता दिलाएका थिए । दोश्रो हाफमा पाएको पेनाल्टीको मौकालाई बान्तवाले गोल गर्दैै जित दिलाए । खेलको म्यान अफ दि म्याच बिजेता टिमका कप्तान मगर घोषित भए । त्यस्तै दोश्रो खेलमा एकेएफसी चिलिङदिन अनुपस्थित भएपछि ब्राइट स्टार फाक्तेप वाकओभर पाउँदै क्वाटरफाइनल प्रवेश गरेको छ । चौथो प्रि–क्वाटरफाइनल खेलमा सिलौटीले तमाखेलाई सडनडेथमा हराउँदै अन्तिम ८ प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । खेलको म्यान अफ दि म्याच विजेता टिमका गोलरक्षक अबिन राई घोषित भए । त्यसैगरी टु स्टार इम्बुङ अनुपस्थित भएपछि गुम्बाडाँडा एफसी वाकओभर पाउँदै क्वटारफाइनल प्रवेश गरेको छ ।
    इम्बुङ र चिलिङदिनलाई सहभागिता नदिने निर्णय
    आजको खेलमा अनुपस्थित भएका इम्बुङ र चिलिङदिनलाई सुनाखरी युथ क्लब फाल्गुनन्द–३ पौवासारतापको आयोजनामा हुने कुनै पनि खेलमा सहभागिता नगराइने अध्यक्ष सन्दिप विक्रम नेम्वाङले जानकारी दिए ।
    माघ ५ गतेसम्म अमर नेम्वाङ स्मृति खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता हुने टोलीलाई नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।



    निगरानी    
  • २०८२ पुष ३०, बुधबार १९:०१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP