logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • नेपालमा एकै दिन ५७ जना कोरोना संक्रमीत ,संक्रमितको संख्या १९१

    नेपालमा एकै दिन ५७ जना कोरोना संक्रमीत ,संक्रमितको संख्या १९१

    नेपालमा मंगलबार एकै दिन ५७ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरेको परीक्षण अनुसार ५७ जनामा कोरोना पुष्टि भएको छ ।

    संक्रमित मध्ये पर्सामा ३९ जना, कपिलवस्तुमा ८ जना, रूपन्देहीमा ९ जना रहेका छन् ।

    थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनु भयो ।

    नेपालमा पहिलो पटक माघ गते कोरोना संक्रमण पुष्टि भएयता एकैदिन ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।



    निगरानी डेक्स    
  • २०७७ बैशाख ३०, मंगलवार ०८:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP