logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • गैंडे सामुदायिक वनबाट शिकारी पक्राउ

    गैंडे सामुदायिक वनबाट शिकारी पक्राउ

    बैशाख १०, इलाम । वन्यजन्तुको शिकारसँगै तस्करीका लागि माई नगरपालिका ८ स्थित गैंडे सामुदायिक वनमा शिकार खेल्दै गरेको अवस्थामा तीन जनालाई भरुवा बन्दुक र एउटा मृगको बच्चा सहित मंगलबार दिउँसो करिब ४ बजे तीनजना पक्राउ परेका छन् ।

    शिकारी पक्राउ परेपछि लकडाउनको मौका छोपेर इलामका बिभिन्न बनहरुमा शिकार खेल्नेहरु बढेको पाइएको छ । जिल्लाको माई नगरपालिकाको एक सामुदायिक बनमा बन्यजन्तुको शिकार गर्दै गरेको अवस्थामा तीनजना पक्राउ परेका हुन् । उक्त वनमा बन्यजन्तुको शिकार भइरहेको सुराकीको आधारमा डिभिजन वन कार्यालय इलाम, रोङ शब डिभिजन कार्यालय र माई शब डिभिजन कार्यालयबाट सशस्त्र वन रक्षक सहित गएको संयुक्त गस्ति टोलिले एक थान भरुवा बन्दुक, मृगको बच्चा र तीनजनलाई पक्राउ गर्न सफल भएको डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत गोपाल भटटराईले जानकारी दिनुभयो ।

    पक्राउ पर्नेमा माई नगरपालिका ८ का ६८ बर्षिय अमृतबहादुर लिम्बू, सोहि ठाउँका ५३ बर्षिय लाखबहादुर लिम्बू र ३१ ब्र्षिय सूर्य थुलुङ रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलामको हिरासतमा राखिएको छ । सहायक बन अधिकृत भटटराईलाई पक्राउ परेका तीनै जनालाई राष्ट्रिय निकुञ्ज ऐन २०२९ बमोजिम कार्वाही गरीने बताउनुभयो । लकडाउनका समयमा प्रहरी प्रशासनको ध्यान अन्य ठाउँमा रहेको मौकाको फाईदा उठाउदै वन क्षेत्रमा यस्तो गतिबिधि बढ्न थालेको हो ।



    निगरानी संवाददाता    
  • २०७७ बैशाख १०, बुधबार ०८:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP