इलाम ,७ माघ :आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फ इलामको २ निर्वाचन क्षेत्रमा २७ जनाको उम्मेदवारी मनोनयन दर्ता हुँदा ३ जना महिलाको मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलयको अनुसार तीन राजनीतिक दल बाट ३ जना महिलाले मनोनयन गरेका हुन ।
प्रतिनिधि सभा निर्वाचनको लागि इलाम क्षेत्र न. १ मा १३ जनाले उम्मेदवारी मनोनयन गरेका छ्न । जसमध्ये २ जना महिलाको उम्मेदवारी मनोनयन भएको छ । इलाम १ मा नेपाल मजदुर किसान पार्टीबाट तुलसी केशरी प्रजापति र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्वाला नेपालले उम्मेदवारी मनोनयन गरेका हुन ।
इलाम क्षेत्र न. २ मा १४ जनाले उम्मेदवारी मनोनयन गरेका छ्न जसमध्ये १ जना महिलाको उम्मेदवारी मनोनयन भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीबाट पवित्रा लिम्बु तुम्बाहाम्फेले उम्मेदवारी मनोनयन गर्नु भएको छ ।
इलामको दुबै निर्वाचन क्षेत्रमा २६ जनाको राजनीतिक दल बाट र १ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यलयका अनुसार इलाम क्षेत्र नं. १ र २ मा कुनै पनि उम्मेदवारको विरोधमा उजुरी परेको छैन । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो ।
माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगको कार्यक्रम रहेको छ ।
प्रतिक्रिया