logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • भूक्तानी नदिँदा बीमाको औषधि अभाव

    भूक्तानी नदिँदा बीमाको औषधि अभाव

    बैशाख ३, इलाम । इलाम अस्पतालमा बिमाको औषधिको अभाव हुन थालेको छ । सरकारको महत्वकांक्षी योजनाको रुपमा हेरिएको स्वास्थ्य विमा कार्यक्रम इलाममा सुरुवाती चरणमा निकै प्रभावकारी बन्दै समेत गएको थियो । तर पछिल्लो समयमा बिमाको औषधिको अभाव हुँदैै गएपछि यसको प्रभावकारीता घटेको छ भने बिमा गरेर नियमित औषधि सेवन गर्ने बिरामीहरु धेरै माकार्मा पर्न थालेका छन् ।

    ‘बिश्वमा फैलिरहेको महामारी कोरोना भाइरसको कारण सरकारले देशमा अहिले लकडाउन गरीरहेको छ । जसले गर्दापनि अहिले सहज रुपमा औषधि नआउँदा अभाव हुनुको पहिलो कारण बनेको छ’ इलाम अस्पतालका मेडिकल सुपरीटेण्डेट डाक्टर प्रभू शाहले भन्नुभयो–‘स्वास्थ्य बिमा बोर्डले समेत अस्पताललाई दिनुपर्ने ९० लाख रुपैंयाँ भुक्तानी नगर्दा पनि औषधि अभाव हुन गएको छ ।’ ‘बीमा बोर्डबाट अस्पतालको नाममा ४२ लाखको चेक काटिसकेको जानकारी भएपनि हालसम्म चेक प्राप्त भएको छैन’ डाक्टर शाहले भन्नुभयो । स्वास्थ्य बिमा अनुसारका १ हजार १ सय १८ प्रकारका औषधि बिरामीलाई उपलब्ध गराउनुपर्छ । तर अहिले इलाम अस्पतालमा एक÷डेढ सय आइटमको औषधि रहेको छ । त्यो पनि पर्याप्त छैन । जसमा सबैभन्दा बढी प्रयोग हुने प्रेसर, मुटु र सुगरको औषधि कम रहेको छ । डाक्टर शाहका अनुसार प्रेसर, मुटु र सुगरका रोगि इलाममा धेरै छन । यि रोगीका बिरामीले यस्को औषधि नियमीत सेवन गर्नुपर्छ । तर अहिले यस औषधिको स्टक अत्यन्त कम रहेकोले धान्न निकै समस्या रहने बताउनुभयो । बीमाको औषधि १३ वटा सप्लायर्सबाट आउने गरेपनि अहिले ३÷४ वटा सप्लायर्सबाट औषधि नआएको कारण पनि बिमाको औषधिको अभाव हुन थालेको अस्पतालका फार्मेसि इन्चार्ज पशुपति चौधरीले बताउनुभयो । औषधि सप्लायर्स गर्नेले नै औषधि नभएको जनाउने गरेको उहाँले जानकारी दिनुभयो । यता स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालय इलामका कार्यालय प्रमुख खेमराज अधिकारीले अस्पताललाई औषधिको रकम भुक्तानी गर्दै आएको बताउनुभयो । बिमा बोर्डबाट अस्पलाललाई ४२ लाखको चेक काटिसकेको भएपनि लकडाउनका कारण तत्कालको अवस्थामा चेक उपलब्ध गराउन नसकेको तर अब चाँडै उपलब्ध गराउने बताउनुभयो । बीमा अन्तर्गतको औषधीहरु अस्पतालले माग गरेको खण्डमा उपलब्ध गराउन सकिने पनि जनाएको छ । अस्पतालमा बिशेषज्ञको आधारमा बीमाको औषधिहरु मग हुने गरेको छ ।

    इलाम जिल्लामा ८३ हजार जनाले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बीमा गरेपछि नागरीकले राहात महसुस पनि गरेका छन् । तर बीमा बापतको सबै किसिमको औषधि नहुँदा बिरामीहरु समस्यामा पर्ने गरेका हुन् ।



    Avatar निगरानी संवाददाता    
  • २०७७ बैशाख ३, बुधबार ०३:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP