पत्रकार न्यौपानेद्धारा पत्रकारलाई पेट्रोल उपलब्ध

पत्रकार न्यौपानेद्धारा पत्रकारलाई पेट्रोल उपलब्ध

चैत २६, इलाम । यतिखेर बिश्वमा कोरोना भाइरसको त्रास बढिरहेको छ । नेपालमा पनि यस भाइरसको त्रासमा नेपालीहरु बाँचिरहेका छन् । कोरोना रोकथामका लागि सरकारले १७ दिनदेखि देशभर लकडाउन गरेको छ । माहामारीको त्रास बढिरहँदा सञ्चारकर्मी भने त्यसको कुनै प्रबाह नगरी आफनो कार्यक्षेत्रमा ब्यस्त रहेका छन् । निकै दुख कष्टका साथ समाचार संकलनमा ब्यस्त रहेर नागरीकलाई सुचना प्रबाह गर्न अहोरात्र खटिरहेका छन् । तर सञ्चारकर्मीको सुरक्षाका निम्ति तीनै तहको सरकारले कुनै चासो देखाएको छैन । निकै जोखिम मोलेर काम गरीरहेका सञ्चारकर्मीका लागि कुनै किसिमको सेवा सुबिधा सरकारबाट पाउन नसक्नु निकै दुखको कुरा हो ।

यता समाचार संकलनका लागि मोटरसाईकलमा हिँडिरहनु पर्ने भन्दै इलामकै एक सञ्चारकर्मीले जिल्लामा क्रियाशिल केही पत्रकारलाई बुधबार पेट्रोल उपलब्ध गराउनु भएको छ । इलामका पत्रकार तथा नेपाल प्रेस यूनियन इलाम शाखाका कोषाध्यक्ष राजिव न्यौपानेले इलाम सदरमुकाममा रहेर निरन्तर रुपमा महामारीको समयमा समाचार संकलनमा अहोरात्र खटिरहेको भन्दै चारजना पत्रकारलाई ५÷५ लिटरका दरले पेट्रोलको ब्यबस्था गर्नुभएको हो । पत्रकार न्यौपानेले पाँच हजार मूल्य बराबरको पेट्रोलको ब्यबस्था गर्नुभएको हो । यस्तो महामारीको समयमा पत्रकारहरु ज्यान जोखिम बनाएर निरन्तर सुचना प्रबाह गरीरहँदा पनि सरकारले पत्रकारका निम्ति केही गर्न नसकेकोले आफूले थोरै भएपनि पत्रकारलाई सुचना संकलनका क्रममा मोटरसाईकलमा आउजाउ गर्न सहज होस भन्ने हेतुले पेट्रोलको ब्यबस्था गरेको बताउनुभयो । आगामी दिनमा पनि यस्तै सहयोग गर्दै जाने प्रतिबद्धता समेत जनाउनुभयो । पत्रकार न्यौपाने इलामबाट सञ्चालन भइरहेको निगरानी डटकमका सञ्चालक समेत हुनुन्छ ।

सञ्चारकर्मी न्यौपानेले दुईदिन अघि इलाम कोठा भाडामा बसेका र मजदुरी गरेर गुजारा चलाउने १७ जनालाई समेत राहात स्वरुप खाद्यान्न समेत वितरण गर्नुभएको थियो ।