logo
  • २०८२ फाल्गुन १६, शनिबार | Sat, 28 Feb 2026
  • कन्याममा ट्रकले किचेर एकजनाको  मृत्यु

    • निगरानी
    • २०८२ फाल्गुन ११, सोमबार १४:४० गते
    कन्याममा ट्रकले  किचेर  एकजनाको  मृत्यु

    इलाम फागुन ११: इलाम जिल्ला सुर्योदय  नगरपालिका-७ पाल्टाङगेमा सोमबार  भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बिर्तामोडबाट इलाम आउँदै गरेको प्र१-०१-०१८ प १५२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार झापा बिर्तामोड-५ का ५० वर्षीय मनोज चौधरीको ज्यान गएको इलाम प्रहरीले जानकारी दिएको छ  ।
    बिहान करिब ११:३५ बजे मोटरसाइकल चालक ३१ वर्षीय तिङ्कु साहुले अचानक ब्रेक लगाउँदा पछाडि सवार चौधरी मोटरसाइकलबाट सडकमा लडेका थिए । सोही समयमा विपरीत दिशाबाट जाँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले टाउकोमा किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामका  सुचना अधिकारी डिएसपी लक्ष्मि भण्डारीले जानकारी दिनु भएको छ ।

    घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटिएर आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ। मोटरसाइकल चालक साहुलाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको छ भने उनको अवस्था सामान्य रहेको र बोल्न सक्ने स्थितिमा रहेको जानकारी प्राप्त भएको छ।
    प्रहरीले ट्रक र चालक पाँचथर हिलिहाङ गाउँपालिका-७ का ३० वर्षीय हरी नारायण सुवेदीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



    निगरानी    
  • २०८२ फाल्गुन ११, सोमबार १४:४० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP