logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • इनपाको कोषमा ५१ लाख संकलन

    इनपाको कोषमा ५१ लाख संकलन

    चैत १२, इलाम । कोरोना भाइरससँग जुध्न इलामका सबै स्थानीय तहले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने क्रम बढ्दै गएको छ । विभिन्न शीर्षकका बजेट समेत कटौती गरेर पालिकाहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण राहत कोष स्थापना गरेका हुन् ।

    पालिकाहरुले स्थापना गरेको राहात कोषमा रकम जम्मा हुने क्रमपनि बढिरहेको छ । यसैक्रममा इलामनगरपालिकाले स्थापना गरेको इलाम नगरपालिका स्थानीय तह आकस्मिक कोषमा हालसम्म ५१ लख ३२ हजार ५ सय ६६ रुपैंया जम्मा भइसकेको छ । नगरपालिकाले सुरुमा बिपद ब्यबस्थापन शिर्षकबाट १९ लाख रुपैंयाँ जम्मा गरेपछि थप रकम जम्मा हुने क्रम बढेको हो । उक्त कोषमा नगरपालिकाका कर्मचारीको एक महिनाको सुबिधबाट ८ लाख ८५ हजार, कर्मचारीको तालिम शिर्षक र कार्यक्रम खर्चबाट ५÷५ लाख रुपैंयाँ जम्मा गरीएको थियो । यस्तै बिभिन्न दाता तथा संघ संस्थाले पनि उक्त कोषमा रकम जम्मा गरेका छन् । नगरपालिकाले कोषमा रकम जम्मा गर्नका लागि अन्य संघसंस्था, दाता, बैंकहरुलाई पनि आग्रह गरेको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७७ बैशाख १२, शुक्रबार ११:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP