नेपालमा थप ९ हजार ७० जनामा कोरोना संक्रमण , ५४ जनाको मृत्यु

नेपालमा थप ९ हजार ७० जनामा कोरोना संक्रमण  , ५४ जनाको मृत्यु

काठमाडौ , बैशाख २३ नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २० हजार ३ सय ६७ वटा आरटी पीसीआर परीक्षण गर्दा ८ हजार ९ सय ७० जना र ७ सय ७५ जनाको एन्टीजिन परीक्षण गर्दा १ सय जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आज थप २ हजार ७ सय ७ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ९२ हजार ४ सय ९० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल ७२ हजार ५ सय ६१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप ५४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ३ हजार ५ सय २६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।