सविता पाण्डे ,इलाम , २४ फागुन :
इलाम क्षेत्र न . २ मा नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनु भएको छ । नेम्बाङ२२ हजार ४ सय २६ मतसहित विजयी हुनु भएको हो । निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यको १४ हजार ६ सय ५० मत आचार्यको मत प्राप्त गर्नु भएको छ । श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४ सय मत प्राप्त गर्नु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले ७ हजार ८ सय १४, नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १,१७२ मत प्राप्त गर्नु भयो ।
नेम्वाङ एमालेका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । नेम्वाङ २०८१ बैशाख १५ मा भएको उपनिर्वाचनमा यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो । इलाम १ मा मतगणना जारी छ ।
प्रतिक्रिया