कालोबजारी र कृतीम अभाब रोक्न होटल संघको ध्यानाकर्षण

कालोबजारी र कृतीम अभाब रोक्न होटल संघको ध्यानाकर्षण

फिक्कल /इलामको सूर्योदय नगरपालिकाका होटल व्यवसायीहरुको संगठन सूर्योदय होटल व्यवसायी संघले विश्वभरि नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण उत्पन्न कठिन परिस्थितिमा कालोबजारी र कृतीम अभाव रोक्न नियमीत अनुगमनका लागि सरकारसंग माग गरेको छ ।
संघका अध्यक्ष अभिषेक श्रेष्ठ र युवराज प्रधानले जारी गरेको विज्ञप्तिमा सो आग्रह गरिएको हो । विज्ञप्तिमा भनिएको छ “ महामारीको समयमा मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्नेहरुबाट सर्तकता अपनाउन सम्पूर्णमा अनुरोध गर्दै सोको नियमित अनुगमन गर्न स्थानीय सरकार तथा प्रशासनको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छौं ।”
संघले प्रकोपका कारण नेपालमा हालसम्म प्रत्यक्ष प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार जोखिमबाट मुक्त नरहेको भन्दै अझ बढी सर्तकता र सावधानी अपनाउन होटल व्यवसायी र सम्पूर्ण नगरवासीमा बिशेष अपिल गरेको छ ।
संघले पर्यटन क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने होटल व्यवसायीहरु यस महामारीको प्रत्यक्ष असरमा रहेको कुरालाई मध्यनजर गर्दै यस क्षेत्रलाई सुरक्षित तवरले सञ्चालन गर्न गराउन होटल व्यवसायी लाई अनुरोध गरेको छ ।
संघले सरसफाईमा ध्यान दिन, साबुनपानीले पटकपटक हात धुन, स्यानीटाइजरको प्रयोग गर्न, भीडभाडवाट टाढा रहन, सकेसम्म घरैमा बस्न, धैर्यवान हुदैँ संयमित रहन, अत्यावश्यक बस्तुको आवश्यक संचय गर्न तर अनावश्यक नगर्न , स्वास्थ्य समस्या आए स्वास्थ्यकर्मीको सरसल्लाह लिन समेत सार्वजनीक अपिल गरेको छ ।