इलाम २ मा राप्रपाबाट लक्ष्मि गुरुङ

इलाम २ मा राप्रपाबाट लक्ष्मि गुरुङ

इलाम : इलाम क्षेत्र नंं.२ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लक्ष्मि गुरुङलाई उम्मेद्धार बनाउने भएको छ ।
राप्रपा इलाम जिल्ला समितिले उमेद्धारको सिफारिस प्रदेश पार्टी अध्यक्ष राम थापालाई पेश गरेसंगै उम्मेद्धारको टुंगो लागेको राप्रपा स्रोतले जनाएको छ ।
राप्रपाको सोमबार बसेको जिल्ला कार्य सम्पादन समितिको बैठकमा राप्रपाको कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापलाई गुरुङ सहित तीन जनाको नाम सिफारीस गरेको थियो ।
बैठक कोशी प्रदेश अध्यक्ष थापा, कोशी प्रदेश सांसद गोपाल गजमेर र हल्दिबारी गाउँपालिकाका अध्यक्ष तथा पार्टीको इलाम क्षेत्र नं.२ उपनिर्वाचनका संयोजक रविन्द्र लिङ्देनको उपस्थितीमा जिल्लाको तर्फबाट उम्मेद्धारको नाम सिफारीस गरिएको थियो । बैठकमा जिल्ला अध्यक्ष राजेन्द्र चौहानले लक्ष्मि गुरुङ, यामनाथ भण्डारी र लाल बहादुर डाँगीको नाम प्रस्ताव गरेको राप्रपा इलामको प्रवक्ता गोपाल पौड्यालले जानकारी दिए । प्रस्ताव गरिएका नाम मध्ये गुरुङको नाम केन्द्रिय कार्यसमितिले निर्णय गर्ने राप्रपा स्रोतको दावी छ ।