इलाम , चैत १८:
विपद व्यवस्थापन सम्बन्धी तीन दिवसीय तालिम इलाममा सम्पन्न भएको छ । नवजागृती महिला समुहको आयोजनामा इलाम नगरपालिका ४ मा चैत १६ गते देखि सुरु भएको तालिम आज सम्पन्न भएको हो । तालिमको समापन इलाम नगरपालिका ४ का वडा अध्यक्ष नुतनदेव दुलालको प्रमुख आतिथ्यता र नवजागृती महिला समुहकि अध्यक्ष रोशु बानियाँको अध्यक्षतामा भएको थियो ।
समापन कार्यक्रमका बोल्दै इलाम नगरपालिका ४ का वडा अध्यक्ष नुतनदेव दुलालले तालिम बाट विपद न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भएको छ ।

तालिम बाट सिकेको विपद पुर्वतयारीमा सहयोग पुग्ने बताउनु भएको छ । विपदबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्नका लागि तालिमले सहयोग पुर्याउने भएकोले तालिम प्रभावकारी भएको बताउनु भयो । तालिममा इलाम नगरपालिका ४ का स्थानीयबासी , टोल विकास संस्था प्रतिनिधि ,विपतमा परेका समुदाय , विद्यालय व्यवस्थापन समिति ,विद्यालयका सम्बन्धित विषयका शिक्षक, विपद व्यवस्थापन समितिका प्रतिनिधि , जनप्रतिनिधि सहित ४० जना सहभागी भएका छन ।

टेवा काठमाडौको आर्थिक सहयोग , सहयात्रा नेपाल इलाम र इलाम नगरपालिका ४ को समन्वयमा संचालन भएको तालिममा सशस्त्र प्रहरी बल इलाम श्री अन्तुका एसपी केशवराज प्याकुरेल र इनिस्पेक्टर योगहाङ पतवङाले सहजीकरण गर्नुभएको थियोे ।

प्रतिक्रिया