बिमल दाहाल, बैशाख १० इलाम । इलामको माई नगरपालिकामा रहेको सानिमा माई जलबिद्युत आयोजनाले माई नगरपालिका स्वास्थ्य शाखालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोेरोना भाईरसको संक्रमणबाट बच्न स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकलाई सुरक्षित राख्न आयोजनाले तीन थान थर्मल गन र २५ थान ब्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) पिपिइ सेट प्रदान गरेको आयोजना माईका जनसम्पर्क तथा बाताबरण अधिकृत देवराज गुराँगाईले बताउनुभयो ।
सानिमाका अधिकृत गुराँगाई र सहायक अधिकृत दलबहादुर मगरले माई नगरपालिका स्वास्थ्य संयोजक पुष्कर कट्टेल मार्फत नगरलाई स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो । स्वास्थ्य सामाग्रीको अभावमा स्थानीय स्वास्थ्यकर्मीहरु जोखिममा रहेको भन्दै माई नगरका मेयर दिपक कुमार थेबेको अनुरोध र स्वास्थ्य शाखा संयोजक पुष्कर कट्टेलको समन्वयमा सानिमा माई जलबिद्युत आयोजनाले स्वास्थ्य सामाग्री प्रदान गरेको हो । आयोजना माईनगरको वडा नम्बर १, ३ र ९ मा रहेको छ । मुख्य कार्यालय काठमाडौं रहेको यस आयोजनाको साईड अफिस माईनगरमा रहेको छ ।
प्रतिक्रिया