logo
  • २०८२ चैत्र १२, बिहीबार | Thu, 26 Mar 2026
  • प्रदेशको अलमलले पर्यटनको ३ करोड अलपत्र

    प्रदेशको अलमलले पर्यटनको ३ करोड अलपत्र

    इलाम/पर्यटन बर्ष २०२० शुरु भैसक्दा पनि १ नम्बर प्रदेश सरकारको अलमलका कारण इलाम, पाँचथ र ताप्लेजुङमा पर्यटन प्रवद्र्धन र पुर्वाधार निर्माणमा छुटिएको ३ करोड रुपयाँ अलपत्र परेको छ ।
    प्रदेश सरकार अन्तरगतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिमा नयाँ नेतृत्व ल्याउन नसक्दा पर्यटन बर्षको प्रवद्र्धन समेत प्रभावित भएको हो ।
    भदौमै सकिएको समितिका कार्यकारी निर्दैशक सहित पदाधीकारीको ठाउँमा नयाँ नेतृत्व ल्याउन नसक्दा इलाम, पाँचथर र ताप्लेजुङका योजना प्रभावित भएको समितिका निर्वतमान सदस्य टइन्द्र प्रसाद चापागाईले बताए ।
    चालु बर्षका लागि प्रदेश सरकारले १ करोड २५ लाख र संघिय सरकारले ८० लाख विनियोजन गरेको छ । समितिका योजना अधिकृत सञ्जीव पौड्यालका अनुसार अहिले सम्म खर्चको अख्तियारी आएको छैन ।
    समितिका अनुसार पशुपतिनगर कञ्चनजंघा सर्किट लगायतका कतिपय योजनाहरु अधुरै बनेका छन् । समिति नहुँदा इलामको पशुपतिनगर र पाँचथरको पौवा भञ्याङको पर्यटन सूचना केन्द्र सबै काम सकिएर पनि सञ्चालनमा आउन सकेको छैन ।
    समितिले काम शुरु गरेको इलाम नगरपालिकाको दिदीबैनी झरना, रक क्लाइमिङ, गुफाथुम्की पर्यटन प्रवद्र्धनको काम, पौवा भञ्ज्याङ सन्दकपुर सर्किटको पुर्वाधार निर्माणको काम लगायतका योजना ठप्प भएका छन् । पाँचथरको जोरपोखरीको संरक्षणको क्रमागत काम रोकीएको उपभोक्ता समितिका अध्यक्ष तिलराज लावतीले बताए । उनले भने ‘अब १९ लाख जतिको काम अधुरै छ, कहिले आउँछ भनेर पर्खिरहेका छौ ।’
    समिति र अख्तीयारी टुंगो नलाग्दा पाँचथरको गोपेटार माथीको कालापानी क्षेत्र, तिम्बु पोखरी जाने पथ मार्ग, ताप्लेजुङको मिल्के –तिनजुरे र तोक्मे डाँडा – सुकेटार पथ मागको काम समेत रोकीएको छ । सत्ता पक्षभित्र नै समिति हत्याउन चलखेल शुरु भएकाले मन्त्रालयले समितिको कार्यकारी, पदाधीकारी र सदसयको टुंगो लगाउन नसकेको बताइएको छ ।
    समितिसंग अहिले पर्यटन बर्ष प्रवद्र्धन गर्न व्यानर बनाउने समेत रकम नरहेको समितिको इलाम कार्यालयले जनाएको छ ।



    निगरानी    
  • २०७६ माघ २२, बुधबार १५:२३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP