इलामको क्वारेन्टाइनबाट एक युवक भागे

Share This
  •  
  • 335
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    335
    Shares
इलामको क्वारेन्टाइनबाट एक युवक भागे

इलामको क्वारेन्टाइनबाट गएराति एक युवक भागेका छन । इलाम नगरपालिका ६ मा रहेको डा. मेघ बहादुुर सामुदायिक अस्पतालको भवनमा रहेको क्वारेन्टाइनबाट सन्दकपुर गाउँपालिका ३ सुलुबुङका सरोज अधिकारी भागेको जनाइएको छ । भारतको सिलिगुडीबाट इलाम आएका अधिकारीलाई गत २३ गते इलाम नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा राखिएको थियो । अधिकारी प्रहरीलाई छक्याएर भागेको इलाम नगरपालिकाका सुचना अधिकारी राम कुमार शाहले बताउनु भयो । भारत बाट आएकोले कोरोना संक्रमण हुन सक्ने आशंकामा इलाम अस्पतालले क्वारेन्टाइमा राख्न पठाएको थियो । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख एस पी हिरा बहादुर पाण्डेले जानकारी दिनु भयो ।