इलाम, बैशाख १४ बिश्वमा कोरोना भाइरसको महामारी दिनप्रतिदिन फैलिरहेको छ । नेपालमा पनि यस भाइरसका संक्रमित ४९ पुगिसकेको छ । १२ जना निको भएर घर पनि फर्किसकेका छन् । तर देशमा सरकारले चैत ११ गतेबाट लकडाउन गरेको छ । आउँदो १५ गतेसम्म लकडाउन छ । त्यसपछि थप्ने तयारी सरकारले गरेको छ ।
लकडाउनका कारण हरेक नागरीकले पिडा भोग्दै आएका छन् । यसैक्रममा इलाम घर भइ अध्ययन र अन्य काम बिशेषले जिल्ला बाहिर बिषेग गरेर राजधानी काठमाडौं छिरेका इलामेहरु अत्यन्त मारमा परेका छन् । देशका बिभिन्न जिल्लाका बिभिन्न स्थानीय सरकारले आ आफनो जिल्लाका नागरिकलाई सवारी साधनको ब्यबस्था गरेर घर लगेको समाचारहरु आएपनि इलाम जिल्लामा शुक्रबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा स्थानीय तहका प्रमुख सहित सरोकारवालासंगको एक बैठकले भने इलाम घर भएपनि जिल्ला बाहिर गएका नागरीकलाई भने नल्याउने निर्णय गरेको छ । यस निर्णयमा रोङ गाउँपालिकाका अध्यक्ष शमसेर राईले मात्र बिमति राख्नु भएको थियो । राईले इलामका नागरीकलाई यस्तो अवस्थामा जिल्लामा ल्याउनै पर्ने बताएपनि उहाँको कुराको सुनुवाई भने हुन सकेन । यसैलाई मध्यनजर गर्दै तथा लकडाउनका कारण जिल्ला बाहिर रहेका रोङ गाउँपालिकाका नागरीकलाई भने गाउँपालिकाले आउँदो बैशाख १५ गतेबाट जिल्लामा ल्याउने भएको छ । अधिकाँशहरु काठमाडौं र केही मानिस अन्य जिल्लामा रहेकाले आउन चाहने तथा अत्यन्त दु्खमा परेका रोङ गाउँपालिकाका बासिन्दालाई गाउँपालिकामा ल्याउने भएको हो । त्यसका लागि लगत संकलन भइरहेको गाउँपालिका अध्यक्ष शम्सेर राईले बताउनुभयो ।
काठमाडौंमा मात्र हालसम्म १०३ यस गाउँपालिकाका नागरिक रहेको र अन्इ जिल्लामा गरेर एकहजारको हाराहारीमा रहेको उहाँको भनाई छ । गाउँपालिकामा शनिबार बसेको सर्बपक्षिय, सर्बदलिय बैठकबाट सर्बसम्मत सहमति भएपछि गाउँपालिकाले आफना पालिकाबासिलाई उद्धार गरेर ल्याउन लागेको हो । जिल्ला बाहिरबाट आफनो गाउँमा आउन चाहनेले गाउँपालिकाको नियम अनिबार्य मान्नुपर्ने भएको छ । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा १४ दिन बस्नुपर्ने, स्वास्थ्य परिक्षण गर्नुपर्ने नियम बनाएको छ । यो नियम नमान्नेलाई नल्याउने समेत भएको छ ।
प्रतिक्रिया