इलाम , साउन ७: महिला समुहहरुको लागि लेखा ब्यवस्थापन तथा कर सम्बन्धी ३ दिने तालीम बुधबार इलाममा सम्पन्न भएको छ । स्थानीय तह , जिल्ला प्रशासन र वन कार्यलयमा दर्ता तथा आबद्ध भएर संचालनमा रहेका समुहहरुको सस्थागत लेखा ब्यवस्थापन चुस्तदुरुस्त राख्न उनीहरूको क्षमता विकास गर्ने उदेश्यले सहयात्रा नेपाल इलामले तालीम आयोजना गरेको अध्यक्ष हेमकुमारी (गङा) शिवाले बताउनु भयो । सहयात्रा नेपालको समन्वयमा इलाम जिल्लाका विभिन्न स्थानीय तहमा दर्ता भइ टेवा काठमाडौको अनुदान प्राप्त गरेका र नयाँ समुहको सहभागिता रहेको जनाएको छ ।
तालिम पछि समुहको लेखा ब्यवस्थापन राख्ने बारे जानकारी भएकोले सहज भएको नव जागृती महिला समुहकी सचिव रोसु वानियाले बताउनु भयो । ग्वोस्वारा भौचर
टेवाको आर्थिक सहयोगमा संचालित तालिममा इलाम नगरपालिका , देउमाई नगरपालिका , सन्दकपुर गाउँपालिकामा दर्ता भइ संचालनमा रहेका ८ वटा महिला समुहका अध्यक्ष सचिव तथा कोषाध्यक्ष गरि ३० जनाको सहभागिता रहेको थियो ।
तालिममा अडिटर किशोर ताम्राकार , अडिटर सन्तोष बडाल र करदाता सेवा कार्यलय इलामका नायब सुब्बा रेनिष भण्डारीले सहजीकरण गर्नु भएको थियोे ।
प्रतिक्रिया