logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • इलामका पत्रकारलाई फिक्कल खानेपानीद्धारा शुरक्षा सामग्री

    इलामका पत्रकारलाई फिक्कल खानेपानीद्धारा शुरक्षा सामग्री

    फिक्कल : कोरोनाको संक्रमणका विच समाचार संकलनमा खटिएका इलामका पत्रकारलाई सूर्योदय नगरपालिकाको फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले माक्स सहितका शुरक्षा सामग्री हस्तान्तरण गरेको छ । सूर्योदय नगरलाई कार्यक्षेत्र बनाएर खटिएका पत्रकारहरुलाई माक्स, पञ्जा र सेनिटाइजर प्रदान गरेको हो ।
    समितिले पत्रकारहरुलाई १६ वटा एन–९५ माक्स, सेनिटाइजर तथा पन्जा वितरण गरेको खानेपानी संस्थाका अध्यक्ष दुर्गा बरालले जानकारी दिए । उच्च मनोवलका साथ काममा खटिरहेका पत्रकारको शुरक्षाका लागि समितिले पत्रकारहरुलाई सामग्री वितरण गरेको संस्थाका कोषाध्यक्ष दिनेश महतले बताए । अध्यक्ष बरालले लकडाउनको अवस्थामा खानेपानी महसुलमा समेत छुट गरेको बताए । उनले जेठ महिनाबाट लागु हुने गरी महसुलमा २५ प्रतिशत छुटको साथै ३ महिनासम्मको जरिवाना समेत नलिने व्यवस्था गरेको बताए ।



    निगरानी संवाददाता    
  • २०७७ जेष्ठ ६, मंगलवार ११:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP