इलाम साउन २५ : इलाम अस्पतालमा २ वटा डायलोसिस मेसिन थप भएको छ । सेवा विस्तारका लागि मेसिन थप गरि दिन इलाम नगरपालिका र इलाम अस्पतालले संघीय स्वास्थ्य मन्त्रालयमा अनुरोध गरे अनुरुप सो मन्त्रालयले हालै थप २ वटा डायलोसिस मेसिन उपलब्ध गराएको इलाम नगर प्रमुख केदार थापाले बताउनु भयो । आइतबार डायलोसिस मेसिन अस्पताललाई हस्तान्तरण गरिएको छ । इलाम अस्पतालले अब ७ वटा डायलोसिस मेसिनबाट सेवा दिन सक्ने गरी क्षमता विस्तार भएको र यसबाट इलाम, पाँचथर र ताप्लेजुङ सेवाग्राहीहरुलाई सुविधा हुने नगर प्रमुख थापाको भनाई छ ।
इलाम नगरपालिकाको पहलमा अस्पतालमा आ ब २०७९।०८० देखि ५ वटा मेसिनबाट डायलोसिस सेवा सञ्चालन भई सेवाग्राहीहरुलाई सेवा दिदै आएको थियो ।
प्रतिक्रिया