logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • शुक्रबारेका अग्नि पिडीतलाई गाउँपालिकाले एकलाख ३० हजार रुपैंयाँ राहात दिने

    शुक्रबारेका अग्नि पिडीतलाई गाउँपालिकाले एकलाख ३० हजार रुपैंयाँ राहात दिने

    जेठ १, इलाम । इलामको नामसालिङ्ग स्थित शुक्रबारे बजारमा भएको आगलागि पिडितलाई गाउँपालिकाले राहात बाँड्ने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बैठकले अग्नि पिडित तीन घर परिवारलाई राहात दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अग्नि पिडित बेद गर्ग र छत्रकुमारी दर्जीको परिवारलाई ५०÷५० हजार रुपैंयाँ राहात दिने भएको छ । यस्तै रुकमिणि प्रधानको परिवारलाई ३० हजार रुपैंयाँ राहात दिने भएको हो । सोमबार राती मांगेलाल गर्गको घरबाट सुरु भएको आगलागिले गर्ग र छत्रकुमारी गर्गको घर जलेर नष्ट भएको थियो । आगो नियन्त्रणका लागि रुकमिणि प्रधानको घर भने भत्काइएको थियो । गाउँपालिकाले श्रममा आधारीत राहात बितरण गर्ने भएको हो ।



    निगरानी संवाददाता    
  • २०७७ जेष्ठ १, बिहीबार ०३:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP