logo
  • २०८२ आश्विन २३ | Thu, 09 Oct 2025
  • टेलिकमद्धारा अमर माध्यमिक विद्यालयलाई १२ थान कम्प्युटर हस्तान्तरण

    टेलिकमद्धारा अमर माध्यमिक विद्यालयलाई १२ थान कम्प्युटर हस्तान्तरण


    इलाम साउन २८: इलाम नगरपालिका ५ स्थित अमर माध्यमिक विद्यालयलाई १२ थान कम्प्युटर हस्तान्तरण गरिएको छ । नेपाल टेलिकमले आफ्नो सिएसआर (कर्पोरेट सामाजिक उत्तरदायित्व) कार्यक्रम अन्तर्गत उक्त सामाग्री आज एक कार्यक्रमका वीच हस्तान्तरण गरिएको हो । नेपाल टेलिकम इलामले १२ थान युपिएस र १ थान प्रिन्टर समेत हस्तान्तरण गरिएको छ ।M,
    टेलिकमको आम्दानीबाट विभिन्न सहयोग कार्यक्रम सञ्चालन हुँदै आएको नेपाल टेलिकम इलामका प्रमुख वरिष्ठ इन्जिनियर सुनिल सिंहले बताउनु भयो । विद्यार्थीहरूलाई प्राविधिक शिक्षामा सहज होस् भन्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको उहाँको भनाई छ ।


    इलाम नगरपालिका–५ का वडा अध्यक्ष काजीबहादुर श्रेष्ठले सरकारले गर्नुपर्ने कार्य टेलिकमले गरेको भन्दै विद्यालयलाई ठूलो सहयोग पुगेको बताउनु भयो ।
    वद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमनाथ निरौलाले स्वागत मन्तव्य राख्नु भएको थियो । विद्यालयको पुस्तकालयमा आयोजित कार्यक्रममा टेलिकमका कर्मचारी, विद्यालयका शिक्षक, व्यवस्थापन समिति, स्थानीय प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।अमर माध्यमिक विद्यालयमा अङ्ग्रेजी र इन्जिनियरिङ, कम्प्युटर साइन्स पढाइ भईरहेको छ ।



    निगरानी    
  • २०८२ श्रावण २९, बुधबार ०७:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP