logo
  • २०८३ बैशाख ३, बिहीबार | Thu, 16 Apr 2026
  • सरकारले लिजमा दिएको इलाम चिया बगानमा किन रोपियो नयाँ चिया !

    • निगरानी
    • २०८२ जेष्ठ २३, शुक्रबार १७:०७ गते
    सरकारले लिजमा दिएको इलाम चिया बगानमा किन रोपियो नयाँ चिया !

    इलाम : निजीकरण गरिएकको इलाम चिया बगानमा चियाका बोेट मासिएपनि इलाम नगरपालिकाले नयाँ चियाको बिरुवा रोप्न सुरु गरेको छ । इलाम नगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा बिहीबार सुरु गरेको चिया रोपण कार्यमा मेयर केदार थापा , पूर्वसांसद केशव थापा, उपमेयर विष्णुकुमारी लिम्बू दाहाल, पूर्वउपमेयर कृष्ण श्रेष्ठ लगायत नगरका जनप्रतिनिधि , स्थानीय, सामाजिक अभियान्ता लगायतको उपस्तिथिमा चियाका बोट मासिएका ठाउँमा बिरुवा रोपेका छन ।


    विश्व वातावरण दिवसको अवसर पारेर साङ्केतिक रुपमा चिया मासिएर खंडहर बनेको बगानमा नयाँ बिरुवा लगाएको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनु भयो । इलामको ऎतिहासिक चियाबारीभित्रै रहेको कारखानाको इतिहास मेटाउने प्रयास भएकाले नगरले पटक–पटक संघीय सरकारसँग निजीकरण फिर्ताको माग गरेको मेयर थापाले बताउनु भयो । बगान र कारखाना निजीकरण गर्दा संरक्षण गर्नुपर्ने पनि सर्त छ तर लिजमा लिएको पक्षले त्यो कार्यान्वयन नगरेको मेयर थापाले बताउनु भयो ।


    कार्यक्रममा प्रमख अतिथि रहनु भएका पूर्वसांसद केशव थापालाई मेयर थापाले ध्यानाकर्षण गराउदै ‘तपाइँ इलामको सांसद भएकै बेला सरकारले यो ऐतिहासिक चिया बगान र कारखाना निजीकरण गरेको हो, यसलाई बचाउने जिम्मा तपाइँको पनि छ । नेपालको इतिहास हो तर मासिँदैछ , खण्डहर बन्दैछ । मेयर थापाले भन्नू भयो यो इतिहास बचाउन संघीय सरकारको अर्थ मन्त्रालयमा भनिदिनुस्, कृषि मन्त्रालयमा भनिदिनुस् । तपाईं अग्रज भएकोले इलामको सम्पदा जोगाउने जिम्मेवारी तपाईंको पनि हो । निजीकरण फिर्ता गरेर व्यवस्थापन स्थानीय सरकारलाई दिनुपर्छ भन्दै मेयर थापाले जोड दिनु भयो ।

    २०७४ सालको स्थानीय निर्वाचनबाट महेश बस्नेत इलाम नगरको मेयर भएका बेलासमेत नगरले पटक–पटक चियाबारी निजीकरण फिर्ता माग गरेको थियो । पूर्वमेयर बस्नेत अहिले इलाम क्षेत्र १ बाट विजयी प्रतिनिधिसभा सदस्य छन् ।
    पपूर्वसांसद थापाले पनि निजीकरणपछि चियाबारीको अवस्था कमजोर बनेको बताउनु भयो । चियाबारी र कारखाना अहिले नाजुक अवस्थामा छ निजीकरणले इलामका चिया बगानमा निकै समस्या भएको थापाले बताउनु भयो ।  २०५६ सालको निर्वाचनमा इलाम क्षेत्र ३ बाट निर्वाचित हुनु भएका थापा सांसद भएकै बेला २०५७ सालमा तत्कालीन सरकाले इलामका चार र झापाका तीन चिया बगानसहितका कारखाना (नेपाल चिया विकास निगम) त्रिवेणी सांघाई समूहलाई लिजमा दिएको थियो । ५० वर्षका लागि लिजमा दिइएका बगानमध्येमा नेपालमै पहिलो पटक चिया रोपिएको इलाम चियाबारी नेपालकै पुरानो कारखानासमेत यहीँ छ । चियाका बिरुवा थप्ने कार्यमा व्यवस्थापन पक्ष नेपाल चिया विकास निगमले भने असहमति जनाएको छ । व्यवस्थापन पक्षले नै हरेक वर्ष चियाका बिरुवा आफैं लगाउने भन्दै निगमले नगरलाई यहाँ बिरुवा नरोप्न पत्रसमेत पठाएको मेयर थापाले बताउनु भयो ।


    सांघाई समूहले यो बगानको इतिहास बचाउनमा ध्यान नदिएकामा इलामबासी चिन्तित भएको भन्दै नगरको अगुवाइमा चिया रोपण गरिएको जनाइएको छ ।
    । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले चीनबाट उपहारका रूपमा ल्याएको चिया इलामका बडाहाकिम गजराजसिंह थापालाई दिएपछि इलाममा १९२० सालमा चिया रोपिएको थियो । राणाले आफ्ना ज्वाइँसमेत रहेका बडाहाकिम थापालाई चिया खेतीका लागि इलामको माटो उपयुक्त हुने भएकाले इलाममा चिया खेती सुरु गर्न लगाएको इतिहास छ । यही बगानभित्र १९३५ सालमा कारखानासमेत बनाइ चिया प्रशोधन सुरु भएको जानकार बताउछन्
    नयाँ रोपिएको चियाले उत्पादन दिएपछि आम्दानी हुने चाहिँ नगर वा स्थानीयलाई नभई लिजमा लिएको व्यवस्थापन पक्षलाई नै भएपनी नेपालको इतिहास बच्ने भएकाले चियाकै बिरुवा रोप्न बाध्य भएको र ब्यवस्थापन पक्षलाई रोप्न दबाब  पुग्ने नगरको दाबी छ ।



    निगरानी    
  • २०८२ जेष्ठ २३, शुक्रबार १७:०७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP