logo
  • २०८२ आश्विन २३ | Thu, 09 Oct 2025
  • आइएमइ लाइफ इन्स्योरेन्सको ८ औं वार्षिकोत्सवमा राहसल बालगृहलाई खाद्यान्न

    आइएमइ लाइफ इन्स्योरेन्सको ८ औं वार्षिकोत्सवमा  राहसल बालगृहलाई खाद्यान्न

    इलाम : आइएमइ लाइफ इन्स्योरेन्स इलामले आफ्नो ८ औं वार्षिकोत्सवको अवसरमा आइतबार इलाम नगरपालिका–९ स्थित राहसल बालगृहलाई खाद्यान्न वितरण गरेको छ ।
    ‘सबैका लागि खाना, सबैका लागि सम्मान’ भन्ने मूल नाराका साथ कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत बालगृहका बालबालिकालाई १९ हजार ३ सय ७० रुपैयाँको विभिन्न खाद्यान्न तथा सामग्री उपलब्ध गराएको हो ।
    खाद्यान्न वितरण कार्यक्रममा चामल, दाल, तेल, चिउरा, आलु, भुजालगायतका दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरिएको आइएमइ लाइफ इन्स्योरेन्स इलाम शाखा प्रमुख मंगेश खत्रीले जानकारी दिए ।
    खत्रीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजका अति आवश्यक क्षेत्रमा योगदान पुर्‍याउन निरन्तर कार्यक्रम गर्दै आएको जानकारी दिएका छन् । उनका अनुसार कम्पनीको आठौं वार्षिकोत्सवलाई अर्थपूर्ण बनाउन इलाममा रहेको राहसल बालगृहका बालबालिकालाई सहयोग पुर्‍याइएको हो ।


    कार्यक्रममा आइएमइ लाइफ इन्स्योरेन्स इलाम शाखा प्रमुख खत्रीसहित डबल एडीआरटी कृष्णकुमार राई, एमडीआरटी अनिरुद्र मैनाली, सिनियर एजेन्सी मनेजर रितादेवी राईलगायतको उपस्थिति थियो ।
    उनीहरुले बालगृहका अध्यक्ष माया भट्टराई र सचिव गीता कोइरालालाई खाद्यान्न हस्तान्तरण गरेका थिए । बालगृहका अध्यक्ष भट्टराईले बालबालिकाका लागि गरिएको सहयोगले ठूलो राहत मिल्ने प्रतिक्रिया दिइन् ।



    निगरानी    
  • २०८२ भाद्र १, आईतवार २०:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP