लेखनका व्यवधान र लेखन सत्तामा बहस

लेखनका व्यवधान र लेखन सत्तामा बहस


इलामः नेपाली लेखक संघ जिल्ला कार्यसमिति इलामको आयोजनमा लेखनमा व्यवधानः कसरी पार पाउने र“लेखन सत्ताको सामथ्र्य बिषयमा शनिबार छलफल भएको छ ।
इलामका साहित्य र कला क्षेत्रमा कृयाशिल कवि, साहित्यकार, लेखक, गायकको सहभागिता रहेको कार्यक्रममा लेखक सञ्चार कर्मी तथा सम्पादक केदार शमाले लेखनमा व्यवधानः कसरी पार पाउने विषयमा चर्चा गरेका थिए । ‘उहाँका खारिएका ओजपूर्ण तर्क र उपायहरूले लेखिरहेका र लेखनमा नयाँ हातहरुलाई झनै बल पुगेको छ ।’ आयोजक लेखक संघका इलाम अध्यक्ष हरिनाथ फूयालले भने । त्यस्तै लेखन सत्ताको सामथ्र्य बिषयमा प्राध्यापक समालोचक अध्येता रोमनाथ आचार्यले सहजीकरण गरेका थिए । उनले विश्वका कतिपय लेखकहरुले एउटा कविता वा लेखले संसारमा तहल्का मच्चाएका सुनाए । उनले भने ‘लेखन सत्ता राज्यसत्ता भन्दा शक्तिशाली हुन्छ ।’ कायक्रममा पैँतालीस जनाको उपस्थिति रहेको थियो। नेपाली लेखक संघ इलामका अध्यक्ष हरि नाथ फूयलको अध्यक्षतामा भएको कार्यक्रममा कवि विमल वैद्य,प्रकाश थाम्सुहाङ,प्रतिभा पौडेल, पवित्रा घिमिरे जयनारायण भट्टराई प्राज्ञ कोमल निरौलाको उपस्थिति रहेको थियो । नेपाली लेखक संघको स्थापना र लेखक दिवसको अवसरमा आयोजना गरेको सो कार्यक्रम इलाम बजारको अरनिको सङ्ग्रहालयमा सम्पन्न भएको थियो ।
नेपाली लेखक संघ, केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण लेखकले गौरव गर्ने ‘लाइब्रेरी पर्व’ का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरेको पछि यस बर्ष देखि लेखक दिवस मनाउन थालिएको अध्यक्ष फूयालले जानकारी दिए । यस बर्ष देखि नेपाली लेखक संघले २०८० साल वैशाख १६ देखि बर्षेनि राष्ट्रिय लेखक दिवस केन्द्र, प्रदेश र जिल्ला तीन तहमै धुमधामका साथ मनाउन थालेको हो ।
संघका अनुसार १९८७ सालमा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५÷४६ जना कवि तथा लेखक एवं बुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीम शमशेर समक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाई त्यो बेलाको एक एक सय रुपैयाँ डाँढेर दण्डित गरेको दिन (वैशाख–१६) लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको हो । यस दिनलाई नेपालको इतिहासमा पुस्तकालय पर्वका रूपमा पनि चिनिन्छ।
नेपाली लेखक संघ, केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण लेखकले गौरव गर्ने ‘लाइब्रेरी पर्व’ का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरेको छ। लेखक संघले लेखक दिवस मनाउने उपयुक्त दिन सिफारिस गर्ने कार्य दल समेत गठन गरेको थियो। डा. रत्नमणि नेपालको संयोजकत्वमा गठन भएको कार्यदलले पुस्तकालय पर्वलाई नै राष्ट्रिय लेखक दिवस मनाउँदा उपयुक्त हुने नेपाली लेखक संघको केन्द्रीय समितिलाई सिफारिस गरेको थियो ।
कार्य दलको सिफारिस नै केन्द्रीय समितिले अनुमोदन गरेको थियो। उक्त दिनका सन्दर्भमा नेपाली लेखक संघ केन्द्रीय समितिले १ लाख रूपैयाँ राशिको ‘राष्ट्रिय लेखक पुरस्कार’ समेत घोषणा गरेको छ। डा. रत्नमणि नेपालको संयोजकत्वमा गठन भएको कार्य दलले पुस्तकालय पर्वलाई नै राष्ट्रिय लेखक दिवस मनाउँदा उपयुक्त हुने नेपाली लेखक संघको केन्द्रीय समितिलाई सिफारिस गरेको थियो। प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने यो पुरस्कार पहिलोपटक वरिष्ठ कवि एवं संस्कृतिविद् वैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई अर्पण गरिएको छ ।