logo
  • २०८२ माघ २९, बिहीबार | Thu, 12 Feb 2026
  • प्रदेश १ मा मन्त्रीमण्डल बिस्तार , चारजना राज्यमन्त्री थपिए

    प्रदेश १ मा मन्त्रीमण्डल बिस्तार , चारजना राज्यमन्त्री थपिए

    प्रदेश नंं १ को मन्त्रिमण्डलमा आइतबार बिस्तार भएको छ । चार जना राज्यमन्त्री थप गरी मन्त्रीमण्डल विस्तार गरिएको हो । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्यहरुलाई राज्यमन्त्री नियुक्त गर्न सिफारिस गर्नु भएअनुसार चार राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

    नियुक्त हुने राज्यमन्त्रीमा रामबहादुर मगर भूमि व्यवस्था कृषि तथा सहकारी, अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार विकास, जसमाया गजमेर सामाजिक विकास र विजयकुमार विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहनुभएको छ ।

    मुख्यमन्त्री राईले नवनियुक्त राज्यमन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ गराउनुभयो । नवनियुक्त राज्यमन्त्री मगर इलाम, गुरुङ ओखलढुङ्गा, गजमेर झापा तथा विश्वास मोरङ जिल्लाका हुनुहुन्छ ।



    निगरानी    
  • २०७६ माघ ५, आईतवार १५:४० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP