गाई काटेको आरोपमा एकजना पक्राउ

मोरङ, जेष्ठ २२
मोरङको बिराटनगर महानगरपालिका-१७ का २८ बर्षीय सोहिल मियालाई गाई काटेको आरोपमा प्ररहरीले पक्राउ गरेको छ । बिहिवार बिहान ७ बजेको समयमा स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका

आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १० केजी मासु सहित मियालाई पक्राउ गरेको जनाएको छ ।

घटनामा संग्लग्न रहेका अन्य दुई जना तत्काल फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मियाको सम्बम्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।