logo
  • २०८३ जेष्ठ २४, आईतवार | Sun, 07 Jun 2026
  • मेवाहाङ्ग खुल्ला नकआउट फुटवल शुरु

    मेवाहाङ्ग खुल्ला नकआउट फुटवल शुरु


    सूर्योदय : इलामको सूर्योदय नगरपालिका ११ माघेमा आयोजित मेवाहाङ्ग खुल्ला नकआउट फुटवल प्रतियोगीताको उद्घाटन खेलमा आयोजक मेवाहाङ्ग टोल विकास संस्था विजयी भएको छ ।
    आइतबार शुरु भएको प्रतियोगिताको दोस्रो खेलमा सूर्योदय नगरपालिका ११ कै फ्रेण्ड सुन्तले विजयी भएको छ ।
    उद्घाटन खेलमा आयोजक मेवाहाङ्ग टोल विकास संस्थाले मलिम एफ सिलाई १ का विरुद्ध ४ गोलले पराजीत गरेका थियो ।
    दोस्रो खेलमा फ्रेण्ड सुन्तलले सुनौलो विहानी मालुमलाई १ का विरुद्ध ८ गोलले पराजीत गरेको थियो । प्रतियोगितामा ४४ टिम सहभागि रहेको आयोजक समितिका सदश्य अनुप राईले जानकारी दिए । प्रतियोगिताको उद्घाटन सूर्योदय नगरपालिका ११ का वडा अध्यक्ष सन्तोष राईले गरेका थिए । आयोजक सस्थाका अध्यक्ष आशिष राईको सभापतित्वमा भएको थियो । प्रतियोगिताको विजेताले नगद ५० हजार र उप विजेताले नगद ३० हजार पुरस्कार पाउने छन् ।
    प्रथम पुरस्कारका लागि स्थानिय अंशुमान राई र अजित राईको परिवारले स्वर्गिय आमा नरमाया राईको नाममा नगद ५० हजार उपलव्ध गराएको आयोजक सस्थाका अध्यक्ष आशिष राईले जानकारी दिए ।



    निगरानी    
  • २०७९ माघ ८, आईतवार १६:२८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP