logo
  • २०८३ श्रावण १९, मंगलवार | Tue, 04 Aug 2026
  • इलाममा स्कुलबाट घर फर्किरहेका बालकको बाढीले बगाउँदा मृत्यु

    • निगरानी
    • २०८३ श्रावण १९, मंगलवार ०७:२७ गते
    इलाममा स्कुलबाट घर फर्किरहेका बालकको बाढीले बगाउँदा मृत्यु

    इलाम : इलामको माइजोगमाई गाउँपालिका २, जोगमाईमा स्कुलबाट घर फर्किरहेका बालकलाई सोमबार बाढीले बगाएको छ । 

    स्थानीय शनिश्चरे भन्ने ठाउँमा रहेको जोगमाई भ्याली बोर्डिङ स्कुलबाट छुट्टी भएपछि अघि साँझ घर फर्किरहेका १२ वर्षे आहान खत्रीलाई बाढीले बगाएको हो । उनी कक्षा ६ मा पढ्दैथिए । 

    उनलाई स्थानीय बजुर खोलो (खोल्सो)मा आएको बाढीले बगाएर निकै तल जोगमाईसँग मिसिएको ठाउँछेउमै पुर्‍याएको माइजोगमाई २ का वडाध्यक्ष डम्बर सुवेदीले जानकारी दिए । बजुर खोल्सामा अरूबेला पानीबाटै तरेर हिँड्ने गरिएपनि भीषण वर्षापछि बाढी आएको थियो । 

    खोल्मेस्थित लेप्चा परिवारमा मावलीघरमा बस्दै आएका बालक आहानको घर दाङ हो । उनी आफ्नी आमासँग मावलीघरमा थिए भने बुबा वैदेशिक रोजगारीमा रहेको जनाइएको छ । 



    निगरानी    
  • २०८३ श्रावण १९, मंगलवार ०७:२७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP