निशान निरौला , इलाम, १८ फागुन :
फागुन २१ को निर्वाचनको लागि इलाम जिल्लाका सबै मतदान केन्द्र र स्थलहरूमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेको छ । मतदान स्थलमा खटिएका कर्मचारीले मतदान स्थल व्यवस्थापन गर्न सुुरु गरेका छन् ।
मतदान अधिकृतहरूले मतदान केन्द्रमा सर्वदलीय बैठक राखेर सर्वदलीय सहमतिपछि मतदान स्थलहरू निर्माण गर्न थालेको जिल्ला निर्वाचन कार्यलय इलामका प्रमुख देवीचरण फुुयँलले जानकारी दिनुुभयो । यो समाचार तयार पार्दा सम्म २१ वटा मतदान केन्द्रमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।
मतदानलाई ब्यवस्थित बनाउन आवश्यक मापदण्ड अनुसार मतदानस्थल तयार गरिदै छ । मतदाता प्रवेश गर्ने ठाउँ , मतपत्रमा मत लगाउने स्थान , मत पेटिका राख्ने स्थान र मतदाता फर्कने स्थल ब्यवस्थापनको कार्य भइरहेको छ ।
इलाममा २ अस्थायी सहित एक सय ५० मतदान स्थाल र २ सय ९० मतदान केन्द्र रहेका छन् । इलाममा १ हजार ७ सय ४० कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । यसपटक इलाममा फागुन २० गतेसम्म १८ वर्ष पूरा मतदाता दुई लाख ३१ हजार आठ सय नौ जना रहेका छन् । जिल्लामा २ हजार ८३७ अस्थायी मतदाता रहेका छ्न ।
प्रतिक्रिया