logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • इलाम अस्पतालको आईसुलेसनमा उपचाररत दुईजनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ

    इलाम अस्पतालको आईसुलेसनमा उपचाररत  दुईजनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ

    इलाम अस्पतालमा उपचाररत बिदेश बाट आएका दुईजनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको इलाम अस्पतालले जनाएको छ । भर्खरै बिदेश बाट आएका फाकफोकथुम गाउँपालिका २ बस्ने ३७ बर्षका पुर्ण बहादुर तामाङ र बर्ष ३५ कि शान्ति देबि तामाङको गत मंगलबार स्वाब संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको इलाम अस्पतालले प्रेस नोटमा उल्लेख गरेको छ । उनिहरु इलाम अस्पतालको आईसुलेसन वाडमा उपचाररत छ्न ।



    निगरानी डेक्स    
  • २०७७ जेष्ठ १, बिहीबार ०५:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP