इलाम , १६ चैत : विपद व्यवस्थापन सम्बन्धी तीन दिवसीय तालिम इलाममा सुरु भएको छ । नवजागृती महिला समुहको आयोजनामा इलाम नगरपालिका ४ मा सोमबारदेखि सुरु भएको हो । विपद ब्यवस्थापन सम्बन्धि नागरिकलाई जानकारी गराई विपद पुर्व तयारीमा रहन सचेत गराउने उदेश्यले तालिमको आयोजना गरिएको नवजागृती महिला समुहकी अध्यक्ष रोशु बानियाँले बताउनु भयो ।
तालिमको उद्घाटन इलाम नगरपालिका ४ का वडा अध्यक्ष नुतनदेव दुलालको प्रमुख आतिथ्यता र नवजागृती महिला समुहकि अध्यक्ष रोशु बानियाँको अध्यक्षतामा भएको थियो ।
इलाम नगरपालिका ४ का वडा अध्यक्ष नुतनदेव दुलालले तालिम बाट विपद न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भएको छ । विपदबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्नका लागि तालिमले सहयोग पुर्याउने उहाँको भनाई छ । उद्घाटन कार्यक्रममा सहयात्रा नेपाल अध्यक्ष हेमकुमारी शिवा , इलाम नगरपालिका ४ का वडा सदस्यहरु पारसमणि काफ्ले , सुर्यमाया राई , वडा सचिव रामचन्द्र नेपाल , चेतनशील महिला समुहकी अध्यक्ष यमुना देवान लगायतको उपस्थिति रहेको थियो ।
तालिममा इलाम नगरपालिका ४ का स्थानीयबासी , ,टोल विकास संस्था प्रतिनिधि ,विपतमा परेका समुदाय , विद्यालय व्यवस्थापन समिति ,विद्यालयका सम्बन्धित विषयका शिक्षक, विपद व्यवस्थापन समितिका ४० जना सहभागी भएका छन ।

टेवा काठमाडौको आर्थिक सहयोग , सहयात्रा नेपाल इलाम र इनपा ४ को समन्वयमा तालिम संचालन भइरहेको छ । सशस्त्र प्रहरी बल इलाम श्री अन्तुका एसपी केशवराज प्याकुरेलले सहजीकरण गरिरहनुभएको छ।
।

प्रतिक्रिया