logo
  • २०८२ चैत्र १९, बिहीबार | Thu, 02 Apr 2026
  • अवार्ड दिलाउने भन्दै वर्ल्ड नेपाली म्युजिक अवार्डका महासचिवद्धारा सेक्स प्रस्ताव….

    • निगरानी
    • २०७६ आश्विन २९, बुधबार ०९:३९ गते
    अवार्ड दिलाउने भन्दै वर्ल्ड नेपाली म्युजिक अवार्डका महासचिवद्धारा सेक्स प्रस्ताव….

    काठमाण्डौ/ अमेरिकामा हुन गइरहेको व्लड नेपाली म्युजिक अवार्डका महासचिव तथा कलाकार संघ यु एस ए का बर्तमान अध्यक्ष सुमन बुढा मगरले आफुलाई पटक पटक इमोसनल ब्लक मेलिङ गरेको र सेक्सुअल हेरायसमेन्ट गरेको गरेको कलाकार “जेन्निफर“ उर्फ छिरिङ डोमा शेर्पा ले बताएकी छन ।

    आफुलाई अनेक थरी प्रलोभन देखाएर टप तिनमा आफुलाई पुयाउने तर हेलिकप्टर मा मनाङ र पोखरा होटेल मा बस्नको लागी आफुलाई पटक पटक दवाव दिएको उनले बताईन । अवार्डको विजेता बनाउनको लागी आफुलाई पटक पटक सेक्सको प्रस्ताव राखेको समेत उनले बताएकी छन ।
    धेरै चोटी प्रस्ताव राख्दा पनि आस्विकर गरेपछी आफुलाई प्रतियोगीतामा सहभागीता गर्न नदिने र विभिन्न धम्की र चेतावनीको साथ् सामाजिक सन्जल बाट ब्लक गरेको उनले बताएकी छन । आफुबाट एघार सय डलर लिएर अवार्ड दिलाइदिने आश्वासन दिदैँ पैसा लगेको अर्का कलाकार प्रेम थापा मगरले बताए ।

    अवार्डको नाममा उनले पटक पटक गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुबाट पैसा लिने गरेको खुलासा भएको छ । आयोजकको भेषमा पटक पटक महिला कलाकारहरुलाई इज्जतको धज्जी उठाउदै हिडने गरेको एक कलाकारले बताईन ।आफुहरुले बारम्वार सम्पर्क गर्न खोज्दा समेत सस्थाको सम्पर्कमा नआएको सस्थाका उपाध्यक्ष दावा शेर्पा द्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।



    निगरानी    
  • २०७६ आश्विन २९, बुधबार ०९:३९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP